यस्तो थियो कारण गुरुकुल एकेडेमी ‘अब्बल’ विद्यालय बन्ने

Byदोर्ण के.सी.

९ आश्विन २०८०, मंगलवार १४:५७ ९ आश्विन २०८०, मंगलवार १४:५७ ९ आश्विन २०८०, मंगलवार १४:५७

२०७२ सालमा पूर्ण मानव उत्पादन गर्ने मुख्य लक्ष्यसहित स्थापना भएको गुरुकुल एकेडेमी सुरुका वर्षहरुमा थुप्रै चुनौती पार गर्दै अगाडी बढ्यो । अंक केन्द्रीत परम्परागत शिक्षण शिकाईको अभ्यासलाई तोड्दै जीवन व्यवहारमा आधारीत वर्तमान शिक्षण सिकाईको थालनी गर्नु विद्यालयका निम्ति सजिलो थिएन ।

वितेको ७ वर्षमाभने गुरुकुल एकेडेमीलेआफूलाई अब्बल र प्रतिष्ठित विद्यालयको रुपमामात्र उभ्याएको छैन । वर्तमान शिक्षा प्रणाली कस्तो हुनुपर्छ भन्ने नयाँ धारणा समेत स्थापित गरिदिएको छ । स्थापनाकालदेखि नै फरक शिक्षण विधिबाट जीवन उपायेगी, व्यवहारिक शिक्षामा जोड दिदै आएको गुरुकुल एकेडेमीले वर्तमान शिक्षाबारे एउटा बहस समेत सिर्जना गरिदिएको छ । शैक्षिक गुणस्तर दिन सकियो भने कसरी छोटो समयमै पनि उत्कृष्ट विद्यालय बन्न सक्छ र अभिभावकको रोजाईमा पर्न सक्छ भन्ने पछिल्लोउदाहरण पनि हो, दाङ घोराही–१५ रतनपुर स्थित गुरुकुल एकेडेमी ।

गुरुकुलको फरकबाटो

दाङमा नीजि र सामुदायिक गरी करिब पाँच सय बढी विद्यालय छन् ।स्थापना कालदेखि जीवन व्यवहारमा आधारीत शिक्षा दिने भन्दै पठनपठान सुरु गरेको गुरुकुल एकेडेमीले अरु विद्यालय भन्दा फरक बाटो रोज्यो । परम्परागत अंक केन्द्रीत शिक्षण क्रियाकलाप नभइ बालबालिकाको मनोविज्ञानमा आधारीत शिक्षण सिकाइमा जोड दिएको गुरुकुल एकेडेमीले अन्य विद्यालयका हकमा भन्दा फरक बाटो तय गरेको छ ।

‘हामीले शिक्षालाई कक्षाकोठमा गरिने पढाई र विद्यार्थीले परिक्षामा प्राप्त गर्ने अंक सँगमात्र हेरेनौंँ’ गुरुकुल एकेडेमीका सहायक प्रधानाध्यपाक मुकुन्द गिरी भन्छन्, ‘शिक्षालाई विद्यार्थीको सिकाई र अतिरित्त क्रियाकलापसँग हे¥यौं ।’उनीबालबालिकाले परीक्षामा ल्याउने अंक भन्दा पनि उनीहरुकोसिकाईको कुरा महत्वपूर्ण हुने बताउँछन् । ‘बालबालिकाले परीक्षामाकति अंक ल्याए भन्दा पनि उनीहरुले के सिके भन्ने कुरा महत्वपूर्ण रहन्छ’ उनी भन्छन् ।

घोकन्ते र सैद्धान्तिक शिक्षण प्रणालीले शिक्षाको वास्तवीक लक्ष प्राप्त नहुने भन्दै बालबालिकाको निहित प्रतिभा उजागर गर्दै जीवन व्यवहारिक शिक्षा प्रदान गर्नुपर्ने उनी बताउँछन् ।

गुरुकुलले कक्षाकोठामा पढाई हुने पाठ्यक्रमलाई मात्र महत्व दिदैन । पढाइसँगै बालबालिकाका लागि संगित, नृत्य, खेलुकुद जस्ता अतिरिक्त्त क्रियाकलापमा सहभागी गराउँदै उनीहरु भित्रको प्रतिभा उजागर गराउन जोड दिएको छ । त्यससँगै बालबालिको नेतृत्व विकास, सामूहिक भावनाको विकास गराउँन र सामाजिक उत्तरदायीत्व बोध गराउँने विभिन्न गतिविधिमा तथा कार्यक्रममा सहगभाी गराउँदै आएकोसहायक प्रधानाध्यापक गिरी बताउँछन् ।

उनले विद्यालयमा बालमैत्री वातावरणमा २१ औँ शताब्दीको अन्तर्राष्ट्रिय मापदण्डमा आधारित शिक्षा प्रदान गर्दै आएको बताए । उनका अनुसार गुरुकुलमा गुरु–गुरु मात्र नभइ मित्र हुन्छ, जहाँ विद्यार्थीका लागि पढाइ कर नभइ रहर हुन्छ । ‘हामीले पढाउने तौरतरिकामा परिवर्तन ल्यायौं, शिक्षक साथीहरूले मिहिनेत गर्नुभयो, अभिभावकले विश्वास गरिदिनुभयो’ उनले भने, ‘गुरुकुल कान्छो विद्यालय भएर पनि जिल्लाकै प्रतिष्ठित र अब्बल विद्यालयको रुपमा स्थापित भयो ।’

प्रविधिमा आधारितशिक्षण सिकाई

गुरुकुलमाप्ले गुप्रदेखि १० कक्षा हुँदै प्लसटुसम्म कक्षा सञ्चालनमा छन् । २०७८ सालको अघिल्लो शैक्षिक सत्रदेखि कक्षा ११ माविज्ञान र व्यवस्थापन संकायमा अध्यापन सुरु गरेको गुरुकुल एकेडेमीमा अहिले ६सय बढी विद्यार्थी अध्ययनरत छन् ।

विज्ञान र प्रविधिको विकाससँगै शिक्षा क्षेत्रमा नयाँ आयामहरु भित्रिरहेको बेला गुरुकुलले पनि विद्यालयले प्रविधिमा आधारित शिक्षण सिकाई अगाडि बढाएकोे छ । विद्यालयमा अहिले तल्लोदेखि प्लस टुसम्मका कक्षालाई प्रविधिमैत्री बनाइएको छ ।प्रविधिमैत्री कक्षामा आधारित भई डीजिटल इन्टर्याक्टिभ बोर्डबाट हुने शिक्षण सिकाइ हुँदै आएको छ ।

तल्लोकक्षाबाट प्लसटुसम्म डीजिटल इन्टर्याक्टिभबोर्ड अर्थात कम्प्युटर स्क्रीनमा आधारीत रहेर विद्यार्थीका पाठ्यपुस्तकसँग सम्बन्धित सबै विषयहरु चित्र, अडियो र भिडियो देखाएर अध्यापन गराइन्छ। इन्टरनेटमा पाठ्यपुस्तकसँग सम्बन्धित सबै सामग्री उपलब्ध हुने भएकाले यस्तो शिक्षण सिकाइमा प्रविधिको प्रयोग उत्तम हुने विद्यालयका प्लस टु कोर्डिनेटर निमानन्द गैरे बताउँछन् । उनका अनुसार अहिले विद्यार्थी पाठ्य पुस्तकमामात्र समीति नभई ल्याप्टप र डीजिटल इन्टर्याक्टिभबोर्डमा आधारीत रहेर अध्ययन गर्दै आएका छन् ।

विगतको परम्परागत भन्दा डीजिटलबोर्डबाट अध्यापन गराउँदा सिकाईप्रभावकारी हुने उनी सुनाउँछन् । ‘नसुनेका, नदेखेका कुराहरु फोटो, अडियो भिडियोबाट सजिलै देखाउन र बुझाउन सकिन्छ’ प्लस टु कोर्डिनेटर गैरेले भने, ‘पुस्तकमा पढेको कुरा बिर्सन सक्छन् तर देखेको कुरा लामो समय स्मरणमा रहिरहने भएकाले यस्तो सिकाइ प्रभावकारी हुन जान्छ ।’ज्ञानको दायरा बढ्दै गएको बेला प्रविधिमा आधारीत शिक्षण सिकाइ दीर्घकालिन र प्रभावकारी हुने उनी बताउँछन् ।

प्रविधिमैत्री कक्षाकोठा त छ नै, प्रविधिमा आधारीत शिक्षण सिकाईमा जोड दिन प्लस टु अध्ययनरत विद्यार्थीलाई निःशुल्क ल्याप्टप समेत प्रदान गरिएको छ । जहाँ उनीहरुले प्रविधिसँग जोडेर अध्ययनका लागि क्रियाकलाप गर्न पाउनेछन् । ‘अबको शिक्षा प्रविधिमैत्री हुनुपर्छ भनेर हरेक कक्षा कोठालाई प्रविधिमैत्री बनाएका छौं’ उनले भने, ‘हाम्रा प्रत्येक कक्षाहरुमा डीजिटल बोर्ड छन् । जहाँ विद्यार्थीलाई पाठ्य पुस्तकबाट मात्र नभई प्रविधिमा आधारीत रहेर शिक्षण सिकाई गरिन्छ ।’त्यस्तै विद्यालयमा लाइब्रेरी, ई–लाइब्रेरी र अन्तर्राष्ट्रिय स्तर मापदण्डमा आधारीत प्रयोगशालाको व्यवस्था गरिएको उनले बताए ।

त्यस्तै प्लस टु कक्षा मै उच्च शिक्षाका लागि मेडिकल र इञ्जिनियरिङ संकायमा शैक्षिक तयारी कक्षा सञ्चालन गर्ने गरी काठमाडौंका नेम ल्ब्ःभ् र पिइए एभ्ब् जस्ता शिक्षण संस्थासँग शैक्षिक साझेदारी गरिएको छ । जहाँगुरुकुलमा प्लस टुमा अध्ययनरत विद्यार्थीहरुले इन्ट्रान्स कक्षाहरु तयारी गर्ने अवसर पाउनेछन् ।

अन्तर्राष्ट्रिय शिक्षण मापदण्ड

गुरुकुलले शिक्षण सिकाईका अन्तर्राष्ट्रिय मापदण्ड पुरा गर्दै शैक्षिक अवार्ड समेत प्राप्त गरेको छ । विद्यालयले अन्तर्राष्ट्रिय शिक्षाका लागि आवश्यक पूर्वाधार पुरा गर्दै आइएसओ, आइएस ए,ग्लोबल कम्पीटेन्सी जस्ता अन्तर्राष्ट्रियस्तरका अवार्ड प्राप्त गरिसकेको छ । त्यस्तै विट्रिस काउन्सीलले प्रदान गर्दै आएको आइ एस ए अवार्डविद्यालयले सन् २०१६ देखि २०१९ र २०२० देखि २०२३मा गरी दुई पटक प्राप्त गरेको छ ।

शिक्षाका लागि आवश्यक सबै मापदण्ड र सूचकहरु पुरा गर्दै विद्यालयले शैक्षिक मान्यताका महत्वपूर्ण अवार्डहरु प्राप्त गरेको छ । ‘शिक्षामा अन्तर्राष्ट्रिय स्तरको तोकिएको मापदण्ड अनुसारको शिक्षा प्रदान गर्नहामीसँग थुप्रै आधार तयार भइसकेका छन्’ सहायक प्रधानाध्यापक गिरी भन्छन्, ‘हामीले प्राप्त गरेका अवार्ड त्यसैका उदाहरण हुन् ।’
सहायक प्रधानाध्यापक गिरीलेव्रिटिस काउन्सील र आइएसओेले तोकेको मापदण्डमा आधारीत शिक्षण सिकाइका क्रियाकलाप भइरहेको बताए ।सोही अनुसार विद्यालयमा पर्याप्त पूर्वाधारदेखि शैक्षिक जनशक्ति तयार गरिएको उनी बताउँछन् । करिब२विघाह क्षेत्रफलमा रहेको विद्यालयमा अतिरित्त क्रियाकलपका लागि आवश्यक खेलमैदानसँँगै विद्यालयको शिक्षण सिकाइका लागि प्रविधिमैत्री कक्षा, सुविधासम्पन्न कक्षाकोठा, बालमैत्री वातावरणजस्ता शैक्षिक वातावरण सिर्जना गरिएको छ ।

दर्जन बढी अवार्ड

विद्यालयलेमात्रै हैन, बालिबालकाले समेत विभिन्न राष्ट्रियदेखि अन्तर्राष्ट्रिय अवार्डहरुप्राप्त गरेका छन् । विज्ञान प्रर्दशनी, राष्ट्रिय सेवा दल, खेलकुद लगायत विभिन्न प्रर्दशनी र प्रतियोगिताहरुमासहभागीता जनाउँदै विद्यार्थीले एक दर्जन बढी विधामा उत्कृष्ट अवार्ड प्राप्त गरेका छन् ।

२०७७ सालमा भारतीय विद्यालय ओडिएम इम्ः ले भर्चुअल रुपमा सञ्चालन गरेको विभिन्न विधाको क्रियाकलापको प्रतियोगितामा फोटो सुट, स्ट्यान्डप कमेडी र फेसपेन्टीङमा उत्कृष्ट भएका थिए । त्यस्तै सन् २०२० मा नेपालगञ्जमा भएको प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रर्दशनी एवं महोत्सवमा गुरुकुल एकेडेमी उत्कृष्ट भएको थियो ।

त्यस्तै भर्खरै फागुनमा सम्पन्न राष्ट्रिय सेवा दल एनसीसीको प्रशिक्षण तथा प्रर्दशनीमा गुरुकुल एकेडेमी उत्कृष्ट भएको छ । नवलपरासीमा भएको राष्ट्रिय सेवा दलको प्रशिक्षण तथा प्रर्दशनीमा विद्याययले चारवटा विधामा उत्कृष्ट प्रर्दशनी गर्दै प्रथम भएको हो ।देशभरका १७ विद्यालयको सहभागीता रहेको तालिममा विद्यालयले चारवटा ट्रफी हात पारेको छ ।

त्यस्तै फागुन ११ गते रोटेरी क्बल अफ दाङले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा पनि गुरुकुल एकेडेमी प्रमथ भएको छ । घोराही उपमहानगरपालिका भित्रका ३० बढी विद्यालयको सहभागीता रहेको प्रतियोगितामा गुरुकुल एकेडेमी प्रथम भएको हो । प्रतियोगितामा विद्यालयबाट प्रतिक्षा केसी, सुजन भण्डारी र राजन चौधरी सहभागी भएका थिए ।

त्यस्तै गत चैतमा भएको मिस्टर एण्ड मिस दाङको फिनालेमा उत्कृष्ट प्रर्दशनी गर्दै गुरुकुल एकेडेमीमा अध्ययनरत सुलोचना श्रेष्ठले मिस दाङको उपाधी जितकी छिन् । श्रेष्ठ मिस दाङ २०२२ सिजन– ३ को विजेता बनेकी हुन् । प्रतियोगितामा सहभागी आफ्ना प्रतिद्धन्द्धीहरुलाई पछि पार्दै उनी मिस दाङको उपाधी चुमेकी हुन् । श्रेष्ठ गुरुकुल एकेडेमीमा ११ को विज्ञान संकायमा अध्ययनरत छिन् ।

त्यसैगरी विद्यालयले २०७६ सालको बास्केट बल प्रतियोगिता, अन्तरविद्यालय हाजिरी जावफ प्रतियोगिता उत्कृष्ट भएको छ । त्यस्तै प्याब्सनले २०७६ सालमा आयोजना गरेको पालिका स्तरीय हाजिरी जावफ प्रतियोगितामा पनि उत्कृष्ट भएको छ । त्यस्तै लुम्बिनी प्रदेश स्तरीय निबन्ध लेखन प्रतियोगितमा पनि अवार्ड प्राप्त गरेको थियो ।

समूदाय केन्द्रीत शिक्षण सिकाई

विद्यार्थीको शिक्षण सिकाई कक्षाकोठा भित्र र पाठ्यक्रमले मात्र समेट्ननसक्ने विद्यायलको बुझाई छ । यही कारण विद्यालयले शिक्षण सिकाइलाई समुदाय र समाजसँग जोडेको छ । हरेक वर्ष विद्यालयले बालबालिकालाई समाजसँग घुलमिल हुने गरी विभिन्न समुदाय केन्द्रीत शिक्षण सिकाई गर्दै आएको छ । विद्यालयले हरेक वर्ष सञ्चालन गर्ने समूदाय केन्द्रित शिक्षण सिकाई कार्यक्रम मध्ये एक हो, क्लोज क्याम्प ।

विद्यालयले हरेक वर्ष विद्यार्थीहरुलाई जीवन बुझाउन र समाजसँग घुलमुल गराउन दुर्गम बस्तीमा लगेर ८ दिने क्लोज क्याम्प गराउदै आएको छ । जहाँ कक्षा नौंमा अध्यनरत विद्यार्थी आठ दिन विद्यालयको कक्षादेखि टाढा रहेरग्रामिण बस्तीमा पुगेर बाच्नका लागि चाहिने संघर्ष गर्छन् । र, जीवन र समाजलाई नजिकबाट नियाल्ने चेष्टा गर्छन् ।

व्यावहारिक शिक्षा दिने उद्देश्यले विद्यार्थीहरु पहाडी क्षेत्रको ग्रामिण बस्तीमा आठ दिन विताएर फर्कन्छन् । क्लोज क्याम्पमा बस्दा उनीहरु खाना बनाउनेदेखि जीवन बाच्नका लागि चाहिने दैनिक सबै काम सामूहिक रुपमा गर्छन् ।

विद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरीले विद्यार्थी जीवनमा व्यवहारिक शिक्षा दिने उद्देश्यले वर्सेनी क्लोज क्याम्प जस्ता समूदाय केन्द्रति कार्यक्रम गर्दै आएको बताए । ‘क्लोज क्याम्पमा विद्यार्थीले जीवनमा चाहिने दैनिक कामहरु आफै गर्न सिक्छन्’ उनले भने, ‘गाउँ बस्तीमा पुगेर दुख र अभाव जस्ता कुराहरु बुझन् पाउँछन् ।’ क्लोज क्याम्प विद्यार्थीहरुका लागि जीवनलाई नजिकबाट नियाल्ने अवसर समेत हुनेउनले बताए ।
‘।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले गुरुकुल एकेडेमीलेशिक्षालाई जीवनसँग जोड्ने कोशिस गरेकोबताउँछन् । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम र कक्षाकोठामामात्रै सीमित नगरी समूदाय केन्द्रीत सिकाइबाट व्यवहारिक शिक्षा दिन महत्वपूर्ण भूमिका खेलेको बताए । ‘समूदाय केन्द्रीत शिक्षाले बालबालिकाले समाज र जीवनलाई प्रत्यक्ष बुझ्न पाउँछन्’ उनले भने, ‘समाजसँग घुलमिल हुँदा पाठ्यक्रममा समावेश गरीएको कुरा भन्दा धेरै कुरा सिक्न पाउँछन् ।’

नेपाल पत्रकार महासंघ दाङका निर्वतमान अध्यक्ष सविन प्रियासनले गुरुकुल एकेडेमीले दिन खोजिरहेको जीवन उपयोगी र व्यावहारिक शिक्षाको प्रशंसा गर्छन् । ‘कक्षाकोठमा भन्दा बाहिर पनि जीवन छ, सबै भन्दा ठूलो शिक्षा नै त्यही हो भन्ने कुरा गुरुकुलले दिन खोजिरहेको छ’ उनले भने, ‘गुरुकुलले गरेको व्यवाहारिक शिक्षाको अभ्यास प्रशंसनीय छ । यो कुरा अरु विद्यालयले पनि सिक्न जरुरी छ ।’

अरुलाई सिकाउँदै

गुरुकुल एकेडेमीले स्थापना भएको ७ वर्षको अन्तरालमा आफूलेमात्रै नभएर अन्य विद्यालयलाई पनि शिक्षण सिकाईका धेरै कुरा सिकाएको छ । ‘गुरुकुल कान्छो विद्यालय भएर पनि शिक्षण सिकाईमा नयाँ धारणा स्थापित गरिदिएको छ’ सहायक प्रधानाध्यापक गिरी भन्छन्, ‘जुन् अहिले धेरै विद्यालयहरुले गुरुकुलकै सिकाई अभ्यास पछ्याई रहनु भएको छ, त्यो सकारात्मक पाटो हो ।’

विद्यालयले आफैले विद्यार्थीका प्रतिभा उजागर हुने र जीवनसँग जोड्ने शिक्षा त दिइरहेको छनै अन्य विद्यालयलाई समेत यस्ता शिक्षा दिन प्रेरित गरिरहेको छ । सेरिङ कार्यक्रम मार्फत विभिन्न विद्यालयसँग शिक्षण सिकाईका क्रियाकलपाहरु देखाउँदै आइरहेको छ । जसको पछिल्लो उदाहरण हो, गत पुसमा विद्यालयले गरेको भाइबहिनी विशेष कार्यक्रम ।

जहाँ दाङ, रुकुम, रोल्पा सल्यान, प्युठान जिल्लाका गरी करिब तीन सय बढी विद्यार्थी सहभागी भएर नेपाली सिने क्षेत्रका नायक सरोज खनालसँगसाक्षात्कार गरेका थिए । विद्यार्थीलाई अभिप्रेरणा दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा नायक खनालले विद्यार्थीसँग प्रत्यक्ष साक्षात्कार गर्दै उनीहरुको सपना र लक्ष्यबारे संवाद गरेका थिए । नायक खनालले विद्यार्थीसँग साक्षात्कार गर्दै गुरुकुल आफूमात्र नभएरसमग्र समाजलाई यस्तो शिक्षण विधि आजको आवश्यकता छ भनेर एउटा उदाहरण दिन खोजिरहेको बताए ।

चार जिल्लाबाट भाइ बहिनी विशेष कार्यक्रममा सहभागी भएका विद्यालयले गुरुकुल एकेडेमीले प्रदान गरिरहेका शिक्षण क्रियाकलापबारे बुझ्ने मौका पाए भने बालबालिकाका निहित प्रतिभा समेत नियाल्ने मौका पाएका थिए । सहायक प्रधानाध्यापक गिरीले गुरुकुल स्कुल भित्र मात्र नभएर समग्र समाजलाई यस्तो शिक्षणविधि आजको आवश्यकता छ भनेर गुरुकुलले उदाहरण दिन खोजिरहेको बताए ।

गुरुकुलएकेडेमी स् पूर्ण मानव निर्माणको अभियान

गुरुकुल एकेडेमीका परिकल्पनाकार एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन्, इञ्जिनियर अनन्तराज घिमिरे । उनी गुरुकुल एक सोच भएको बताउँछन् । उनले गुरुकुल एकेडेमीको उद्देश्य पूर्ण मानव निर्माण गर्ने अभियान भएको बताए । गुरुकुलले बालबालिकाकाअन्तरनिहित प्रतिभाको उजागर गर्दै सक्षम र योग्य नागरिक निर्माण गर्न खाजेको अध्यक्ष घिमिरेले बताए ।

त्यस्तै शिक्षा र जीवनबीचको अन्तरको खाडल पुर्न गुरुकुल एकेडेमीले प्रयास गरिरहेको उनले सुनाए । ‘अहिले शिक्षा र जीवनको बीच ठूलो अन्तर देखिन्छ । जीवन एकातिर तर हाम्रो शिक्षण सिकाई अर्कोतिर छ’ उनी भन्छन्, ‘शिक्षण र जीवनबीचको अन्तरलाई चिर्दै शिक्षालाई जीवन व्यवहारसँग जोडेर सिप युक्त शिक्षादिन चाहिरहेका छौं ।’

अध्यक्ष इञ्जिनियर घिमिरेले बालबालिकाभित्र नविनतम सोचको विकास गर्दै राष्ट्र र समाजका लागि एउटा योग्य नागरिक बनाउने उद्देश्यले विद्यालय लागिरहेको बताए । उनी भन्छन्, ‘बालबालिकाभित्र आत्मविश्वास जस्ता जीवनका लागि चाहिने गुणहरुलाई विकसित गर्दै कुनै पनि क्षेत्रमा सक्षम बनाउन सक्ने खालको शिक्षा दिन खोजिरहेको छौं ।’ शिक्षाबारे समेत बहस गर्दै आएका उनले व्यावहारिक र सिपयुक्त शिक्षा आजको आवश्यकता भएको बताउँछन् ।

नयाँ शैीक्षक रणनीति

गुरुकुल एकेडेमीले स्थापनाकालदेखि नै सङ्ख्यात्मक भन्दा शैक्षिक गुणस्तरमा जोड दिदै आएको छ । सोही अनुरुपविद्यालयले हरेक वर्षको शैक्षिक सत्रमा सीमित सिट संख्यामा प्रवेश परिक्षा मार्फत नयाँ विद्यार्थी भर्ना गर्दै आएको थियो । तर आगामी शैक्षिक सत्रदेखि भने विद्यालयले शैक्षिक गुणस्तरमा जोड दिने भन्दै कक्षा १ र ११ मा मात्रै नयाँ विद्यार्थी भर्ना लिनेभएको छ । साथै कक्षा २ देखि ९ सम्म भने हरेक कक्षामा २र२ वटा सिट संख्या खाली रहेकाले उत्कृष्ट दुई जना विद्यार्थीलाई मात्र ती कक्षाहरुमा भर्ना लिइने विद्यालयले जनाएको छ । विद्यालयका अनुसार अगामी शैक्षिक सत्रदेखि १ कक्षामा २४ सिट र ११ को विज्ञान र व्यवस्थापन संकायमा ८०÷८० सिट संख्यामा नयाँ विद्यार्थी भर्ना गर्ने जनाएको हो ।तुलसीपुर अनलाइनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds