राउटेले पाए लुम्बिनी प्रदेशका अर्थ मन्त्रालयद्वारा दशै खर्च

Byदोर्ण के.सी.

९ आश्विन २०८०, मंगलवार १४:४५ ९ आश्विन २०८०, मंगलवार १४:४५ ९ आश्विन २०८०, मंगलवार १४:४५

थर्कोट समाचारदाता
दाङ,९ असोज । लुम्बिनी प्रदेश अर्थ मन्त्रालयले राउटेलाई दशै खर्च उपलब्ध गराएको छ । मंगलबार मन्त्रालयमा दशै खर्च माग गर्दै पुगेका राउटेहरुलाई लुम्बिनी प्रदेश अर्थ मन्त्रालयले राउटेलाई दशै खर्च उपलब्ध गराएको हो ।अर्थमन्त्री धनबहादुर मास्कीले दशै खर्च बापत २५ हजार रुपैँया उपलब्ध गराएका हुन्। सुर्खेतबाट आएका राउटेका मुखिया बिर्खबहादुर शाही, लालबहादुर शाही र जीवन शाहीलाई सो रकम हस्तान्तरण गरिएको हो । उक्त रकम पाएपछि उनीहरु खुसी भएका थिए । उनीहरु प्रत्येक वर्ष तिज, दशै तथा तिहारमा सरकारसंग माग गर्ने गरेका छन् । केही देखी उनी दाङ तथा आसपासका सरकारी कार्यालयमा गएर दशै खर्च माग्दै आएका छन् । त्यस अबसरमा मन्त्री मास्कीले रकमलाई सही सदुपयोग गर्न अनुरोध गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds