गुरुकुल एकेडेमीद्वारा राउटेले पाए १० हजार दशैँ खर्च

Byदोर्ण के.सी.

९ आश्विन २०८०, मंगलवार १५:०३ ९ आश्विन २०८०, मंगलवार १५:०३ ९ आश्विन २०८०, मंगलवार १५:०३

दाङ ९(असोज
दाङको घोराहिमा रहेको अन्तराष्ट्रिय स्तरमा चर्चा बटुल्न सफल गुरुकुल एकेडेमिले राउटेलाई दशै खर्च उपलब्ध गराएको छ । गुरुकुल एकेडेमिका अध्यक्ष ई.अनन्तराज घिमिरेले दशै खर्च माग गर्दै दाङ आईपुगेका राउटेहरुलाई दशै खर्च उपलब्ध गराएका हुन् । घिमिरेले दशै खर्च बापत १० हजार रुपैँया उपलब्ध गराएका हुन् । सुर्खेतबाट आएका राउटेका मुखिया बिर्खबहादुर शाही, लालबहादुर शाही र जीवन शाहीलाई हस्तान्तरण गराएका हुन्। उक्त रकम पाएपछि उनीहरु खुसी भएका थिए । उनीहरु प्रत्येक बर्ष तिज, दशै तथा तिहारमा सरकार तथा अन्य संघसंस्था संग माग गर्ने गरेका छन् । केही दिनदेखी उनीहरु दाङ तथा आसपासका सरकारी कार्यालयमा गएर दशैँ खर्च माग्दै आएका छन् । त्यस अबसरमा गुरुकुल एकेडेमिले सहयोग रकम प्रदान गर्नुका साथै गुरुकुलका विद्यार्थीले राउटेहरुसंग अन्तरकृया पनि गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds