टिका के.सी.
दाङ ५ असोज
उपमहानगरपालिका ३ भगवती प्रा.वि. डाँडाखुट्टी (कुट्टी) ले लामो समयको अन्तराल पछि नयाँ अनुहार फेर्न सफल भएकोछ । सम्पुर्ण अभिभावकहरुले “आफ्नो विद्यालय आफै बनाउ,” भन्ने उदेश्यले विद्यालय मर्मत कार्यमा जुटेपछि भगवती प्रा.वि. डाँडाखुट्टी (कुट्टी) ले नयाँ अनुहार फेर्न सफल भएको हो । सोही विद्यालयका अभिभावक तथा प्रतापकोट नगर स्वास्थ्य केन्द्र प्रतापकोटका प्रमुख वसन्त वलीले २०४९ सालमा स्थापना भएको यश विद्यालयमा स्थानीय तथा वडा सरकार बाहेक कसैले पनि चासो नदिदा विद्यालय दिनप्रतिदिन नाजुक अबस्थामा पुगेको कारणले गर्दा विद्यालयले नयाँ अनुहार फेर्न नसकेको बताएका थिए।उनले विभिन्न समस्या खेप्दै आएको विद्यालयलाई हामी सम्पूर्ण अभिभावकहरुले श्रमदान गरेर विद्यालयको नयाँ अनुहार फेर्न सफल भएको बताएका छन् ।
उनी भन्छन् स् विगतको समयमा विद्यालय पनि जिर्न अबस्थामा थियो, विद्यार्थीहरु पनि थिएन्न । विद्यालयमा बस्ने अबस्था जस्तो पनि थिएन् । विद्यालयको स्तर उन्नतिका लागि नत कुनै राजनीतिक दलहरुले दिए, नत कुनै सम्बन्धित सरोकारवाला निकायले नै । विद्यालयको स्तर उन्नतिका लागि स्थानीय सरकार तथा वडा सरकारले मात्र दियो । उनी अगाडि भन्छन् ः त्यतीले नपुग्ने भएपछि हाल आएर हामी सम्पूर्ण अभिभावकहरु, स्थानीयबासी हरु “आफ्नो विद्यालय आफै बनाउ,” भन्ने उदेश्यले विद्यालय मर्मत कार्यमा एकजुटकासाथ लागेकै कारण आज आएर विद्यालय अनुहारमा परिवर्तन भएको छ । हामीहरुले विद्यालयमा सबै सामानहरुको मर्मत कार्य अगाडि बढाएपछि हाल आएर विद्यार्थीको संख्या बिगतको भन्दा बढेर एक सय बढी भएकोछ । नयाँ – नयाँ शिक्षकहरुको पनि आगमन भएको छ । पढाइ पनि अन्य विद्यालय भन्दा गुणस्तर छ । अझैपनि यश विद्यालयको स्तर उन्नतिका लागि विभिन्न सम्बन्धित सरोकारवाला निकायहरु, विभिन्न राजनितीक दलहरुले समयमै आर्थिक, भौतिक र नैतिक रुपमा हाम्रै विद्यालय हो भन्ने सम्झेर सहयोग गरेमा भगवती प्रा।वि डाँडाखुट्टी (कुट्टी) दाङकै एक नमुनामय विद्यालय बन्न सफल हुने अभिभावक तथा प्रतापकोट नगर स्वास्थ्य केन्द्र प्रतापकोटका प्रमुख वसन्त वलीले बताएकाछन् ।




