माघ महिना शरू भए लगतै दाङ सहित देशैभर अत्याधिक मात्रामा चिसो बढ्दै गएको छ । घरभित्रै तथा बिस्तारामा बसिरहेको समयमा पनि शरिर चिसो हुँदै जाने गर्छ । यस्तो अवस्थामा बालबालिका देखि किशोर किशोरीहरू पढाइका लागि स्कुल कलेज जाडोमा कठाङग्रिएर लक–लक काँप्दै बिहानै पढ्नका लागि गइरहेका हुन्छन् । ड्रेस लगाउनुपर्ने बाध्यताका कारण बालबालिकाहरू सर्ट, सुइटर र पैन्ट लगाएर बोर्डिङ तथा स्कुल पढ्न गइरहेका हुन्छन् भने उच्च शिक्षा पढ्नेहरू पनि पातलो सर्ट,पैन्ट र कोट लगाएर काँप्दै बिहानै कलेज गइरहेका हुन्छन् । बिहानै विद्यालय गएकाहरू चिसो कोठामा घण्टौसम्म बस्दा उनिहरुलाई स्वास्थ्यमा समस्या देखिने सम्भावना बढी हुने प्रतापकोट नगर स्वास्थ्य केन्द्र तुलसीपुर–३ का कार्यालय प्रमुख बसन्त वलीले बताएका छन् । कठ्याङ्ग्रिदो चिसोमा शिक्षकले पढाएका कुरा कापीमा लेख्दा समेत मुस्किल हुने गरेको विद्यार्थीहरूले बताउने गरेका छन् । विद्यालयको निती तथा नियम अनुसार अत्याधिक चिसो भएपनि घरमा भएका न्यानो लुगा लगाउन छोडेर उनीहरू स्कुल पोषक लगाउन बाध्य भएका छन् । अत्यधिक चिसोले बालबालिकामा झाडापखाला, निमोनिया, टाउको दुख्ने, श्वासप्रश्वास सम्बन्धी समस्या, रुघाखोकी, एलर्जी, छाला सुक्खा भएर फुट्ने वा दाग देखिने, खाना नपच्ने, हातखुट्टा तथा जोर्नी सुन्निनेलगायत समस्या बढ्ने गरेकाले जाडोवाट बच्न प्रतापकोट नगर स्वास्थ्य केन्द्र तुलसीपुर–३ का कार्यालय प्रमुख वलीले सुझाव दिएका छन् । चिसोका कारण श्वासप्रश्वास सम्बन्धी समस्या आउन सक्ने भन्दै त्यसबाट निमोनिया जस्ता घातक समस्या देखिन सक्ने प्रतापकोट नगर स्वास्थ्य केन्द्र तुलसीपुर–३ का कार्यालय प्रमुख वलीले बताएकाछन् । जाडोबाट जोगिन कोठालाई न्यानो बनाउनुका साथै बाक्लो कपडाहरु लगाउने र तातो खानेकुरा खानुपर्ने चिकित्सकको सुझाव रहेको छ । चिसोबाट हुन सक्ने सम्भावित स्वास्थ्य जोखिमबाट बच्न केहि दिन ट्यूसन सेन्टरदेखि विद्यालयहरु बन्द गर्नुपर्ने र नागरिकहरू पनि आवश्यक काम परेमा मात्रै बाहिर जानुपर्ने प्रतापकोट नगर स्वास्थ्य केन्द्र तुलसीपुर–३ का कार्यालय प्रमुख वलीको सुझाव रहेको छ ।
चिसोमा केहिदिन विद्यालय बन्द गर्न आवश्यक छ ।
Byदोर्ण के.सी.
९ माघ २०८०, मंगलवार १७:३२ ९ माघ २०८०, मंगलवार १७:३२ ९ माघ २०८०, मंगलवार १७:३२
By दोर्ण के.सी.
सम्बन्धित पोस्टहरू
अन्तर - संवाद
अन्तर्राष्ट्रिय
कुराकानी
तुलसीपुर उपमहानगरपालिका
दृष्टिकोण
राजनीति
राष्ट्रिय
लुम्बिनी प्रदेश
शिक्षा
समाचार
सम्पादकीय
स्थानीय समाचार
सामाजिक अभियान्ताद्वारा सरस्वती माध्यामिक विद्यालय तुलसीपुर -३ दमारगाउँमा शैक्षिक सामाग्री वितरण
१७ मंसिर २०८२, मंगलवार १६:४७ १७ मंसिर २०८२, मंगलवार १६:४७ १७ मंसिर २०८२, मंगलवार १६:४७
दोर्ण के.सी.
अन्तर - संवाद
अन्तर्राष्ट्रिय
कला र संस्कृति
कुराकानी
तुलसीपुर उपमहानगरपालिका
दृष्टिकोण
राष्ट्रिय
लुम्बिनी प्रदेश
शिक्षा
समाचार
सम्पादकीय
स्थानीय समाचार
स्वास्थ
पर्मेश्वरकाे वचन नै मुक्तिकाे बाटाे हाे त्यसैले मैले वचनलाई पहिलाे प्राथमिकता दिएकाेछु : वडा अध्यक्ष वि.क.
१० कार्तिक २०८२, आईतवार १५:२७ १० कार्तिक २०८२, आईतवार १५:२७ १० कार्तिक २०८२, आईतवार १५:२७
दोर्ण के.सी.
अन्तर - संवाद
कुराकानी
खेलजगत
तुलसीपुर उपमहानगरपालिका
लुम्बिनी प्रदेश
शिक्षा
समाचार
सम्पादकीय
सम्पादकीय
स्थानीय समाचार
स्वास्थ
एन प्याब्सन बृहत खेलकुदको च्याम्पियन उपाधी ज्ञान ज्योतीको हातमा
१३ पुष २०८१, शनिबार ०४:०६ १३ पुष २०८१, शनिबार ०४:०६ १३ पुष २०८१, शनिबार ०४:०६
दोर्ण के.सी.
