दाङ, २८ मंसिर । दाङमा अटोले पैदल यात्रीलाई ठक्कर दिँदा चार जना घाईते भएका छन् । हापुरदेखि घोराहीतर्फ आउँदै गरेको रा १ ह २७५८ नम्बरको अटोले घोराही-१३ भाईरल रोडमा पैदल यात्रीलाई ठक्कर दिँदा चार जना घाईते भएका हुन् ।पैदलयात्रीलाई ठक्कर दिएपछि अटो पल्टीदा अटो चालक रोल्पाको माडी गाउँपालिका वडा नम्बर २ घर भई हाल दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १४ नयाँ बसपार्क बस्ने बर्ष ३५ का गोपाल बिक, अटोमा सवार रोल्पाको रुन्टीगढी गाउँपालिका २ बस्ने बर्ष ५० का अवशुल बिक घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।यस्तै अटोको ठक्करबाट घोराही-१२ हापुर बस्ने बर्ष ३२ का सुस्मिता बुढाथोकी, सोही ठाउँका २५ वर्षिय तारा घर्तीमगर घाइते भएको प्रहरीले जनाएको छ । घाईते मध्ये तीन जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ भने एक जना सुस्मिता बुढाथोकीलाई नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।
अटोको ठक्करबाट चार पैदल यात्री घाईते
Byदोर्ण के.सी.
२८ मंसिर २०८०, बिहीबार १७:२९ २८ मंसिर २०८०, बिहीबार १७:२९ २८ मंसिर २०८०, बिहीबार १७:२९
By दोर्ण के.सी.
सम्बन्धित पोस्टहरू
तुलसीपुरको गुल्मचोकमा टिपर र मोटरसाइकल ठोक्किदा, बावुछोरा गम्भिर घाइते, नेपालगन्ज रिफर
१८ जेष्ठ २०८३, सोमबार ०२:२९ १८ जेष्ठ २०८३, सोमबार ०२:२९ १८ जेष्ठ २०८३, सोमबार ०२:२९
दोर्ण के.सी.
पश्चिम दाङमा करेन्ट लागेर एक जनाको मृत्यु
१६ जेष्ठ २०८३, शनिबार ०७:५१ १६ जेष्ठ २०८३, शनिबार ०७:५१ १६ जेष्ठ २०८३, शनिबार ०७:५१
दोर्ण के.सी.
तुलसीपुरमा-३ राम्रीमा भालुले लियाे २६ बाख्रकाे ज्यानसम्बन्धित निकाय माैन, भाल आक्रमण निरन्तर बढ्दै
२१ बैशाख २०८३, सोमबार ००:३८ २१ बैशाख २०८३, सोमबार ००:३८ २१ बैशाख २०८३, सोमबार ००:३८
दोर्ण के.सी.
