अञ्जली के.सी.
तुलसिपुर,१५ मंसिर ।
आज ३६ औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य गरौँ’ भन्ने नारा सहित सगरमाथा स्कुलमा चेतनामूलक कार्यक्रम गरि मनाइएको छ। एचआईभी र एड्ससम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन हरेक वर्ष डिसेम्बर १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीको अध्यक्षता एबम राप्ती प्रादेशिक अस्पतालकि प्रामर्स कर्ता ९ ब्च्त् ऋयगलकभयिच० प्रमिला लामिछानेको प्रमुख आतिथ्यता एबम विद्यालयका सिइओ यमकान्त खरेलको विशिष्ट आतिथ्यता र मानब स्वास्थ्य समाज दाङका पुष्पा वली, ज्ञानु शर्मा, भरमाया वलीको आतिथ्यतामा कार्यक्रम सप्पन्न भएको थियो।
कार्यक्रमको प्रमुख अतिथि लामिछनेले नेपालमा सन् २०२२ को अन्त्यसम्म अनुमानित ३० हजार व्यक्तिमा एचआईभी सङ्क्रमण भएको जानकारी गराएका थिए। नेपालमा हरेक दिन एक जना एचआईभीबाट सङ्क्रमित हुने गरेको तथ्याङ्क उल्लेख गर्दै सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने तथा असुरक्षित शारीरिक सम्पर्कका कारण एचआईभी एड्सको जोखिम हुन सक्ने

कुरा बताएका थिए।असुरक्षित यौनसम्पर्कलाई एचआईभी एड्सको मुख्य कारण मानिन्छ । त्यस्तै सङ्क्रमितको रगत तथा सुईको साझा प्रयोग गर्नु पनि अर्को कारण मानिएको छू उनले बताएका थिए। कार्यक्रममा बोल्दै लामिछानेले अहिले दाङमा ४०३ जना एडस सङ्क्रमित रहेको बताउनुभयो जसमा पुरुष २०३, महिला १९४ र अन्य ६ जनामा सङ्क्रमण देखिएको छ भने तुलसीपुरमा कुल १४५ जनामा सङ्क्रमण देखिएको बताएका थिए। यस सचेताना कार्यक्रममा बोल्ने अतिथीहरुले एडस रोग लाग्नुका कारण, लक्ष्ण र रोकथामका उपायहरुको बारेमा जानकारी दिदै गर्भ निरोधात्मक साधनको उचित तरिकाले प्रयोग एबम एडस सङ्क्रमित भए नभएको चेक जाँच गरि थाहा पाउने तरिका प्रदर्शन गरेका थिए। कार्यक्रमका अध्यक्ष एबम विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीले एडस रोगवाट बच्नको लागि विद्यालयमा सिकेका जानेका ज्ञानका कुराहरु परिवार अनि समाजमा गएर प्रबाहगरि स्वस्थ समाज निर्माण गर्न बिध्यार्थीलाई महत्वपूर्ण भुमिका निर्वाह गर्न उत्प्रेरित गराएका थिए । कार्यक्रममा बोल्दै वलीले एडस रोगबाट सङ्क्रमितहरुलाई समाजमा घृणा,तिरस्कार होइन माया अनि हेरचाहको आवश्यकता हुने बताएका थिए। विद्यालयका कार्यक्रम सम्योजक तिलक डाङ्गीको स्वागत मन्तव्य बाट सुरुवात भएको कार्यक्रम विद्यालयका कार्यक्रम प्रमुख शरद शर्माले मजगैयाले गरेका थिए।

