देउसी–भैलोबाट घर फर्कँदा एक महिला बँदेलकाेआक्रमणमा , गम्भीर घाइते

Byदोर्ण के.सी.

२९ कार्तिक २०८०, बुधबार १७:१२ २९ कार्तिक २०८०, बुधबार १७:१२ २९ कार्तिक २०८०, बुधबार १७:१२

सल्यानमा बँदेलको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । जिल्लाको कालिमाटी गाउँपालिका–५ हात्तीदमार घर भएकी ३७ वर्षीया दुर्गा दर्लामी मगर हिजो (सोमबार) राति बँदेलको आक्रमणमा परी घाइते भएकी हुन् । जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी नवीन कार्कीका अनुसार सोमबार राति साथीहरूसँग देउसी–भैलो खेलेर घर फर्कंदा बाटोमा बँदेलले दुर्गालाई आक्रमण गरेको हो । बदेलको आक्रमणबाट उनको दाहिने आँखामा चोट लागेको छ ।
स्थानीय स्वास्थ्यचौकीमा उपचार पश्चात उनी अहिले घरमै स्वास्थ्यलाभको क्रमममा रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds