काठमाडौ, २९ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल टिकटक प्रतिबन्धको निर्णयमा सबै राजनीतिक दलको सहमति रहेको दाबी गरेका छन् । नेपाल संवतको अवसरमा आज भक्तपुरमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरकारमा रहेका र नरहेका राजनीतिक दलबीच लामो छलफल अनि सहमतिपछि लोकतान्त्रिक तथा विकसित अरु मुलुकहरूको समेत अभ्यास हेरेर टिकटक बन्द गर्ने निर्णय भएको बताएका थिए । सामाजिक सद्भाव, पारिवारिक एकता खलबल हुनबाट जोगाउनका लागि यस्तो निर्णय गरिएको उनको भनाइ छ । उक्त कार्यक्रममा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेले भने आफ्नै अगाडि प्रधानमन्त्रीले झुट बोलेको टिप्पणी गर्नुभएको छ । सामाजिक सञ्जालमा विचार राख्दै उहाँले टिकटक बन्द गर्ने निर्णयमा आफूहरूको सहमति नभएको जानकारी गराएका थिए ।
