जाजरकोट भूकम्प : थप एक जनाको मृत्यु

Byदोर्ण के.सी.

२४ कार्तिक २०८०, शुक्रबार १७:०१ २४ कार्तिक २०८०, शुक्रबार १७:०१ २४ कार्तिक २०८०, शुक्रबार १७:०१

काठमाडौ, २४ कात्तिक ।  जाजरकोट भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या १ सय ५४ पुगेको छ ।  उपचारको क्रममा आज एक जनाको मृत्यु भएसँगै भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या १ सय ५४ पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१ का २६ वर्षका निरज विष्टको उपचारका क्रममा आज प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो ।गत शुक्रवार राति गएको जाजरकोटको रामीडाडा केन्द्र भएर ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परेर जाजरकोटका १ सय १ जना र रुकुम पश्चिमका ५३ जनाको मृत्यु भएको छ । भूकम्पमा परी घाइते भएका ३ सय ७२ जना मध्ये ८९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds