कातिक ११ गते खण्डग्रास चन्द्रग्रहण लाग्ने

Byदोर्ण के.सी.

१० कार्तिक २०८०, शुक्रबार ०४:५८ १० कार्तिक २०८०, शुक्रबार ०४:५८ १० कार्तिक २०८०, शुक्रबार ०४:५८

दाङ, १० कातिक । आश्विन शुक्ल पूर्णिमामा कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । सबै ग्रहहरु निरन्तर आफ्नो दिशा र गतिमा घुमिरहेका हुन्छन् । यही क्रममा जब चन्द्रमा र पृथ्वीको बीचमा राहु र केतु आइपुग्छ, त्यसको कालो धब्बा पृथ्वीमा पर्छ । ग्रहहरुको यस अवस्थितिलाई हामी खण्डग्रास चन्द्रग्रहण भन्छौं । खण्डग्रास चन्द्रग्रहणमा के गर्ने, के नगर्ने भन्ने कुरा गर्दा कतिपयलाई यो अन्ध विश्वास जस्तो लाग्छ । तर, चन्द्रमामा राहु र केतुको जुन छायाँ ग्रह पर्छ, त्यसबाट उत्पन्न नकारात्मक ऊर्जाले पृथ्वीका प्राणी मात्र होइन, चराचर जगतलाई नै असर पार्छ । यो असर पनि ग्रह अनुसार फरक हुन्छ । यसपाली खण्डग्रस चन्द्रगहण राति एक बजेर ४६ मिनेटबाट सुरु हुनेछ । तीन बजेर पन्ध्र मिनेटमा मध्य हुनेछ । यो अवस्था ४ बजेर ४५ मिनेटसम्म कायम रहनेछ । अर्थात कुल अवधी २ घण्टा ५९ मिनेटसम्म चन्द्रग्रहण लाग्नेछ ।
के गर्ने, के नगर्ने ?
चन्द्र ग्रहण लागेको बेला के गर्ने, के नगर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । चन्द्रग्रहण लाग्ने रातको अघिल्लो दिन अपराह्न ४ बजेर ४६ मिनेटपछि भोजन गर्न निषेध छ । मन्दिर जाने, पुजापाठ गर्ने काम पनि रोक्नुपर्छ । बालक, बृद्धबृद्धा, औषधी सेवन गर्नुपर्ने अवस्था बाहेकका व्यक्तिले खानेकुरा सेवन गर्नु हुँदैन । चन्द्रग्रहणको बेला सुत्नु हुँदैन ।

के हुन्छ

यो अवस्थामा सुतियो भने रोग व्याधी उत्पन्न हुन्छ । शौच गरियो भने दरिद्रता हुन्छ । यौन सम्पर्क गरियो भने गाउँको सुँगुर बराबर हुन्छ । भोजन गरियो भने अद्योगतिमा लागिन्छ । यी आदि कार्य गरियो भने नरकको बन्धनमा परिन्छ ।

कसलाई राम्रो ?

यसले चार वटा राशीलाई राम्रो छ ।

कर्कट – सुख प्राप्ति

तुला– श्री प्राप्ति

कुम्भ– लाभ

मीन– सुखम्

कसलाई हानी ?

धनु र मकर राशीबीच ग्रहण लाग्ने भएकाले विशेष गरेर धनु र मकर राशीका व्यक्तिले भोजन नगर्ने । सयन नगर्ने । ‘ओम सोम सोमाय नमः ओम नमो भगवते बासुदेवाय’ मन्त्रोच्चरण गर्ने । ग्रहणपछि अर्थात भोलिपल्ट सेतो चिज दान दिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds