तुलसीपुरको विकास निर्माणका लागि पहल गर्नेछु ः मास्की

Byदोर्ण के.सी.

१ कार्तिक २०८०, बुधबार १५:५५ १ कार्तिक २०८०, बुधबार १५:५५ १ कार्तिक २०८०, बुधबार १५:५५

कृष्ण के.सी.
दाङ, १ कार्तिक ।
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले साविक राप्ती अन्चलको सदरमुकाम तुलसीपुरको विकास निर्माणसँगै टरिगाउँ विमानस्थलको स्तरोन्नती निरन्तर पहल गरिरहेको बताएकाछन । दाङको तुलसीपुर उपमहानगरपालिकाले बुधबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अर्थमन्त्री मास्कीले विमानस्थल बनाउने अधिकार संघिय सरकार मातहत भएका कारण पनि प्रदेश सरकारले चालु वर्षमा बजेट बिनियोजन गर्न नसकेको बताएका थिए । उनले बजेट निर्माण गर्नु अघि स्थानीय सरकार र प्रदेश सरकारले बजेट बिनियोजन गरेर टरिगाउँ विमानस्थलको विस्तार गर्ने योजना बनाएता पनि विमानस्थल संघिय सरकारले मात्रै बनाउने प्रावधान भएकाले बजेट बिनियोजन गर्न नसकिएको बताएका थिए ।

अर्थमन्त्री मास्कीले लुम्बिनी प्रदेश सरकारले लोकल मदिरा ब्रान्डिङ गरेर रोजगारी सिर्जना गर्ने योजना अघि सारेकोले उनले नमुनाका लागि बाँकेमा मौवाको रक्सी उत्पादनको काम शुरु भइसकेको बताएका थिए । त्यस्तै ग्वारखोला हाइड्यामको काम पनि छिट्टै अघि बढ्ने र हाईड्याम निर्माण गरी सिंचाई, खानेपानी र पर्यटन क्षेत्रको विकास गर्न सकिने उनले धारणा राखेका थिए । तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काले उपमहानगरपालिकाको करिव ६० करोड दायित्वलाई शुन्यमा झार्न सफल भएको बताएका थिए । उनले अहिले उपमहानगरपालिका दायित्वको भारबाट उम्कन सफल भएको दावि पनि गरेका थिए । कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरीका वरिष्ठ उपरीक्षक कृष्णबहादुर पल्ली मगर, तुलसीपुर नगरका पुर्व मेयर

ढुण्डीराज लामिछाने, नेपाली कांग्रेस तुलसीपुर नगर सचिव बिमल पौडेल लगायतले तुलसीपुरको विकासका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताएका थिए । कार्यक्रममा नेकपा एमाले तुलसीपुरका सचिव रूप बहादुर खत्री, नेकपा माओवादी तुलसीपुरका ईन्चार्ज प्रभात वली, राष्ट्रिय स्वतन्त्र पाटीका प्रदेश कमिटीका सदस्य भक्त बहादुर डाँगी, तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोप बहादुर घर्ती, तुलसीपुर नगर जेसिजका अध्यक्ष शालिकराम वली लगायतले तुलसीपुर शहरलाई व्यवस्थित गर्न तीनै तहका सरकारको ध्यान पुग्नुपर्ने बताएका थिए । उपप्रमुख स्यानी चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण नगरका प्रवक्ता माधव वलीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds