तुलसीपुर, २७ असार ।
तुलसीपुर नगर जेसीजले इलाका प्रहरी कार्यालय तुलसीपुरमा पुस्तकालय स्थापना गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरमा रहेका थुनुवाहरुलाई लक्षित गरी विभिन्न पुस्तकालय स्थापना गरिएको हो । पुस्तकालयमा विभिन्न किसीमका जीवन उपयोगी पुस्तकहरु, चरित्र निर्माणका पुस्तकहरु, नेपालको संबिधान एबम् कानुन सम्बन्धी पुस्तकहरु, लागु औषध निवारण सम्बन्धी पुस्तकहरु, सफल व्यक्तिहरुको जीवनी तथा प्रेरणादायी पुस्तकहरु लगाएत करिव १०० भन्दा बढी पुस्तकहरु र्‍याक सहित उपलब्ध गराइएको छ । तुलसीपुर नगर जेसीजका अध्यक्ष जेसी सालिकराम वलीको अध्यक्षता एबम् इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमूख ठाकुर प्रसाद पोख्रेलको प्रमूख आतिथ्यतामा शनिबार एक कार्यक्रको आयोजना गरिपुस्तकालयको स्थापना गरिएको हो ।

कार्यक्रममा तुलसीपुर नगर जेसीजका पूर्व अध्यक्ष बिमल पौडेल,मेघराज घिमिरे एबम् मोहन सुनार लगाएतको उपस्थिती रहेको थियो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमूख पोख्रेलले थुनुवा बन्दीहरुका लागि जेसीजले गरेको सो कार्यको प्रशंसा गर्दै विभिन्न कारणले बन्दीको रुपमा रहेका व्यक्तिहरुले ति जीवन उपयोगी तथा चरित्र निर्माणका पुस्तकहरु अध्ययन गरेमा उनीहरुको बाँकी जीवनले सार्थकता पाउनमा सहयोग हुने बताएका थिए । तुलसीपुर नगर जेसीजका पूर्व अध्यक्ष मोहन सुनारले पनि जेसीजले आफ्नो स्थापना कालदेखी नै बिभिन्न किसीमका समाज रुपान्तरण एबम् सामाजिक कार्य गरिरहेको

बताएका थिए । तुलसीपुर नगर जेसीजका अध्यक्ष सालिकराम वलीले पछिल्लो समयमा मानिसहरुले पुस्तक अध्ययनमा रुची नदेखाउदा उनिहरुको मानसिक एबम् आध्यात्मिक चेतनामा कमी हुन जाँदा बिभिन्न किसीमका अपराध समेत गर्न पुग्ने बताएका थिए । इलाका प्रहरी कार्यालयमा पुस्तकालय स्थापना गर्दा थुनुवा कैदीहरु लगाएत कार्यरत प्रहरी कर्मचारीहरुलाई समेत पुस्तक पढ्ने बानीको बिकास हुने कुरा बताएका िथए । कार्यक्रममा पुस्तक सौजन्य गर्ने सिस्ने पुस्तक पसल, डाङ्गी स्टेसनरी, राप्ती स्टेसनरी र नव ज्योति स्टेसनरीलाई धन्यवाद प्रकट गरेका थिए । तुलसीपुर नगर जेसीजका कार्यकारिणी उपाध्यक्ष तथा त्यस पुस्तकालय निर्माण कार्यक्रमका संयोजक जेसी शैलेन्द्र कुमार ओलीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा जेसीज आस्थापाठ बोर्ड सल्लाहकार जेसी छबि कुमार वलीले गरेका थिए भने कार्यक्रमको सहजिकरण महासचिव जेसी सन्दिप भुसालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds