प्रथम खुला भलिबल प्रतियोगिता दाङको शान्तिनगरमा

Byदोर्ण के.सी.

२५ आश्विन २०८०, बिहीबार १७:३० २५ आश्विन २०८०, बिहीबार १७:३० २५ आश्विन २०८०, बिहीबार १७:३०

शान्तिनगर, २५ असोज ।
दाङको शान्तिनगरमा अहिले सम्मकै ठूलो राशीको खुल्ला भलिवल प्रतियोगिता आयोजना हुने भएको छ । राष्ट्रिय युवा संघ नेपाल शान्तिनगरको आयोजना तथा राष्ट्रिय युवा संघ दाङ जिल्ला कमिटि को सम्न्वय मा शान्तिनगर ६ को माध्यमिक विद्यालय दुविचौरमा भलिवल प्रतियोगिता संगै सांस्कृतिक कार्यक्रम आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपाल शान्तिनगरका अध्यक्ष पुर्ण बहादुर कुसारीले जानकारी दिएकाछन् । असोज ३० गते देखि कार्तिक ३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद रू १ लाख ५ सय ५५ कप, मेडल र प्रमाणपत्र , द्धितिय हुने टिमले नगत रू ७० हजार ५ सय ५५ प्रमाणपत्र र मेडल र तृतिय हुने टिमले नगत रु ४० हाजार ५ सय ५५ मेडल र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगितामा सहभागी हुन चाहाने टोलीले असोज २५ गते देखि २८ गते विहान ११ वजे सम्म टिम दर्ता गर्न सकिने छ । टिमदर्तााको लागि रू १० हजार प्रवेश शुल्क राखिएको आयोजकले बताएको छ । ३ दिन सम्म चल्ने कार्यक्रममा विविध राष्ट्रिय तथा स्थानिय कलाकारहरूको वेजोड प्रस्तुति सहितको सास्कृतिक कार्यक्रम पनि रहेकाले कलाप्रेमी तथा खेलप्रेमी सबैलाई कार्यक्रममा उपस्थित भईदिन राष्ट्रिय युवा संघ शान्तिनगरले आवाहान समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds