इजरायलबाट निगमको जहाजमा आए २ सय ५३ नेपाली

Byदोर्ण के.सी.

२५ आश्विन २०८०, बिहीबार १७:२२ २५ आश्विन २०८०, बिहीबार १७:२२ २५ आश्विन २०८०, बिहीबार १७:२२

काठमाडौ, २५ असोज । इजरायलमा रहेका मध्ये २ सय ५३ नेपाली बुधबार राति काठमाडौँ आइपुग्ने भएका छन् । नेपाल फर्कनका लागि करिब ४ सय जनाले निवेदन दिएका थिए । इजरायलमा जारी द्वन्द्वका कारण प्रभावित नेपाली लिन नेपाल वायु सेवा निगमको जहाज बिहान त्यसतर्फ गएको थियो । नेपालीलाई लिएर इजरायलबाट उडेको जहाज आज राति सवा ९ बजे काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्री एनपी साउदको सचिवालयले जनाएको छ । परराष्ट्र मन्त्री साउद पनि इजरायल जानुभएको थियो । विद्रोही समूह हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उनीहरूको शव भने पोस्टमार्टम लगायत कानुनी प्रक्रिया पुरा गर्न बाँकी रहेकाले नेपाल ल्याउन अझैँ केही समय लाग्ने सरकारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds