तुलसीपुर २५ असोज ।
लामो समयदेखि अँध्यारो रहेको उरहरी उज्यालोमा परिणत भएको छ । अँध्याँरो उरहरीलाई उज्यालोको रूपमा सुरूवात गर्ने तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर ११ नै हो । तुलसीपुर उपमहानगरपालिका ११ का वडा अध्यक्ष मान बहादुर रावत, जननप्रतिनिधी, वडाबासीहरू, कर्मचारीहरूको पहलमा सो कार्य भएको हो । नेपालीहरुका महान चाडपर्व नजिकिदै गर्दा अध्याँरो गाउँलाई रातको समयमा झलमल्ल उज्यालो बनाएर त्यसलाई पुष्टि गर्ने काम तुलसीपुर उपमहानगरपालिका ११ का वडा अध्यक्ष मान बहादुर रावतको टिमले गरेको छ । उज्यालो अभियानले रातको समयमा उरहरी बजार क्षेत्रमा आवतजावत गर्न स्थानीयलाई सहज पनि भएको छ । वडा भित्रका विभिन्न स्थानमा सडक बत्ती जडान भए उज्यालो गाँउ सगै शान्ती सुरक्षामा समेत मद्दत पुग्ने वडाध्यक्ष रावतले बताएका थिए। यसका लागि टोलसंँग सहकार्य गरि अघि बढ्ने उनको भनाइ रहेको थियो । पहिलो चरणमा उरहरी आदर्श नगर टोलद्वारा गाउँ उज्यालो बनाउने उद्देश्यले टोल बिकासको सक्रियतामा सडक बत्ती जडान गर्ने काम पुरा भएको हो ।दामोदर सडक अन्र्तगत जस्पुर जनबहार चोक देखि उरहरी हस्नापुर जोड्ने क्वाङखोला पुल सम्म गरि ४६ वटा पोलहरुमा सडक बत्ती जडान गर्ने कार्य सुरु भएको हो । यस अन्र्तगत आज दामोदर सडक विच पर्ने उरहरी आदर्शनगर टोलमा सडक बत्ती जडान गरि उद्घघाटन भएको छ । उज्यालो अभियानलाई सधै कायम राख्न सडकमा बल्ने बत्तीलाई आफ्नै सम्झेर संरक्षण गर्न स्थानीयलाई आग्रह समेत गरिएको छ ।

