काठमाडौँ २२ असोज
क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालको केन्द्रीय एकता महाधिवेशन आयोजक समितिको दोस्रो पूर्ण बैठक आईतबार काठमाडौँमा सम्पन्न भएको छ । असोज १६ देखि काठमाडौँको घट्टेकुलो स्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा सुरु भएको बैठक असोज २१ गते आइतबार सम्पन्न भएको हो । बैठकले पार्टी अध्यक्ष मोहन वैद्य ‘किरण’ द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन व्यापक छलफल र बहस सहित सर्वसम्मत रुपमा पारित गरेको छ । अध्यक्ष किरणले प्रस्तुत गरेको ६

पृष्ठको राजनीतिक प्रतिवेदन माथि पार्टीका कार्यालय सदस्य, सचिवालय सदस्य, महाधिवेशन आयोजक समिति सदस्य र सल्लाहकार समितिका अध्यक्ष र उपाध्यक्षले महत्वपूण्र्ण सुझाब सहितका धारणा प्रस्तुत गरेका थिए । धारणा राख्ने प्रायः सबै नेताहरुले एकता महाधिवशेनलाई हरेक हिसाबले ऐतिहासिक बनाउन, सङ्गठन र सङ्घर्षलाई नयाँ उचाइमा उठाउन सिङ्गो पार्टी एकताबद्ध भएर लागिपर्नु पर्ने विषयमा जोड दिएका थिए । बैठकले पार्टीको आगामी महाधिवेशन जेठको अन्तिम साता सम्पन्न गर्ने, मिति र स्थान केन्द्रीय कार्यालयले टुङ्गो लगाउँने, मङ्सिर सम्ममा पार्टी सदस्यता नवीकरण गरिसक्ने, कात्तिकमा पार्टी स्कूलिङ सञ्चालन गर्ने, तथ्यगत अनुसन्धान सहित दस्तावेज लेखन, प्रकाशन गर्ने, स्थानीय गाउँ नगर तथा जिल्ला सम्मेलनहरू सम्पन्न गर्ने, जनसङ्घर्ष तथा प्रतिरोध सङ्घर्षहरूसहित महाधिवेशनको तयारीलाई सशक्त रूपमा अगाडि बढाउने कार्यतालिका पारित गरेको बैठकमाले जानकारी गराएको थियो। ई–रातोखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds