सल्यानमा धान र पराल बोकेको मिनी ट्रक  दुर्घटना, ४ जनाको मृत्यु ९ जना घाइते

Byदोर्ण के.सी.

१२ कार्तिक २०८१, सोमबार १९:१७ १२ कार्तिक २०८१, सोमबार १९:१७ १२ कार्तिक २०८१, सोमबार १९:१७

थर्काेट समाचारदाता/ दाङ, १२ कात्तिक ।
सल्यानमा मिनी ट्रक पल्टिदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा कुपुरकोट गाउँपालिका–६ रिमाली जिउला निवासी १४ वर्षका गोवर्धन खडका, सोही ठाउँ निवासी १३ वर्षकी सृजना बस्नेत, गाडी चालक सिनबाङ निवासी २८ वर्षका मान बहादुर भण्डारी र सिनवाङ निवासी १२ वर्षका अनिल भन्ने डिल्ली भण्डारीको मृत्यु भएको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा पुनले जानकारी दिनुभएकाेछ । मृतक मध्य गोवर्धन र अनिलको घटना स्थलमै, सृजनाको कपुरकोट आधारभुत अस्पताल, र मान बहादुरकाे  राप्ती प्रादेशीक अस्पताल तुलसीपुर लग्दै गर्दा बाटाेमै मा मृत्यु भएको थियाे । घाइते मध्य ५ जना कपुरकोट, एक जना त्रिवेणी स्वास्थ्य पोलिक्लिनिक र ३ जनालाई जिल्ला बाहिर रिफर गरिएको सल्यान प्रहरीले जानकारी दिएको छ । कपुरकोट–६ सिनबाङबाट चुटेको धान सहित पराल लिएर सिनबाङको छापनेटा जाँदै गरेको रा१ख २४०२ नम्बरका मिनी ट्रक चौर भन्ने स्थानमा पल्टिएको थियो । पौने ५ बजे घटेकाे साे मिनी ट्रकमा १३जना सवार भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds