सरकारले भूकम्प पीडितहरूका लागि प्रदान गरिएको रकम सहि ठाउँमा सदुपयोग गरिनु पर्दछ ।

Byदोर्ण के.सी.

२५ कार्तिक २०८०, शनिबार १८:११ २५ कार्तिक २०८०, शनिबार १८:११ २५ कार्तिक २०८०, शनिबार १८:११

संघिय सरकारले कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घरबास गुमाएका पीडितहरूलाई सरकारले विभिन्न शिर्षकहरूमा करौडौ रकम तथा अस्थायी आवास बनाउनका लागि प्रति परिवार ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले तत्काल अस्थायी आवास बनाउन प्रतिपरिवार ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो ।विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले पीडित परिवारलाई अस्थायी आवास निर्माण गर्न जस्तापाता खरिद लगायत अस्थायी आवास निर्माण सामग्रीका लागि राहत दिने तयारी अघि बढाएको हो । बैठकमा अर्थमन्त्री प्रकाशशरण महत, सहरी विकासमन्त्री सीता गुरूङ लगायत विपद् र सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो । सो रकम अब सम्बन्धित निकायकहाँ पुग्ने तयारी रहेको छ । तर उक्त रकम कुनैपनि बहानामा हिनामिना नभै सम्बन्धित पीडितहरूले पाउनु पर्दछ । विपद भए लगतै सो क्षेत्रमा केही मानिसहरूले उद्वारमा खटिएको बेलामा नराम्रा गतिविधी भएको जानकारी आउनुका साथै गरिव तथा तल्लो जातका मानिसहरूले राहत नपाएको गुनासो सामाजिक सञ्जालमा पाईएतापनि अव भने त्यस्तो हुनुहुँदैन् । सरकारले पीडितहरूका लागि भनेर राहत उपलव्ध गराउने तर यहाँ सम्बन्धित पीडितहरूले नपाउनु नै ठुलो पीडाको कुरो हो त्यसैले यसप्रति सरकार गम्भिर हुन जरूरीछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds