तुलसीपुर २४
कात्तिक २०८० । दाङको तुलसीपुर उपमहानगरपालिकाले नगर भित्र बसोबास गर्ने गरिब नागरिहरुका लागी राज्य सुविधा परिचयपत्र अर्थात गरिब परिचयपत्र बनाउन सुरु गरेको छ । भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले आयोजना गरेको कार्यक्रम अन्र्तगत नगरवासीहरुबाट गरिब नागरिक छनौट गरी गरिब परिचयपत्र वितरण गर्ने फोटोमा देखिने मध्येका अनुहार हरु उपमहानगरपालिका भित्रका गरिब नगरवासी पहिचानका लागि तथ्यांक संकलन गर्न आउने छन् तपाईका घर दैलोमा ्रतुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी बाबुराम न्युपानेले जानकारीदिएकाछन् । उनका अनुसार केन्द्र सरकारले नै गरिबलाई राज्य सुविधा परिचयपत्र ९गरिब परिचयपत्र० दिने निर्णय गरेकाले विभिन्न सुचकका आधारमा गरिब छनौट गरिने भएको छ । यसका लागी आज बिहिबारबाट ३२ जना गणक र ४ जना सुपरिवेक्षक गरी जम्मा ३६ जनालाई प्रशिक्षण दिएर प्रत्यक घरघरमा खटाएको सूचना अधिकारी न्युपानेले जानकारी दिएकाछन्। उक्त गणकहरुले अबको ४ महिनाको अवधिमा नगरवासीको व्यक्तिगत, पारिवारिक, आथीक लगाएत विविध विवरणहरु संकलन गरेर ल्याएपछी सो विवरण मन्त्रालयमा पठाउने उनले बताएका थिए ।

मन्त्रालयले विभिन्न सुचकको आधारमा तत्याङ्क विश्लेषणको काम सम्पन्न गरी सुचि तयार पारेर नगरपालिकालाई पठाएपछी त्यसलाई सम्पुर्ण वडाहरुमा सूचना टास गरेर दाबी विरोधको समय दिने र त्यसपछी अन्तिम नतिजा निकाल्ने उनले बताएका थिए।यसले गर्दा नगरपालिकामा गरिबको संख्या कति छ भन्ने बारे जानकारी हुने हुदा उनीहरुको जिवनस्तर सुधारमा सहज हुने अपेक्षा लिइएको छ । साथै उनीहरुलाई राज्यले दिने सेवासुविधामा छुट्टै सहुलियतको समेत सुविधा रहने भएको छ । पछिल्लो समय गरिबीलाई आर्थीक रुपमा मात्रै नजोडेर बहुआयामिक गरिबीको रुपमा परिभासित गरिएको उहाले बताए । यसमा दैनिक हुने आम्दानी सँगै स्वास्थ्य, शिक्षामा पहुच, मानिसको जिवनस्तर, दैनिक कृयाकलाप लगाएत १० वटा क्षेत्रमा रहेर यसको गरिबी छुट्याउने मापदन्ड तयार पारिएको उहाले बताए । देशका अधिकांश पालिकाहरुमा यो कार्यक्रम लागु भइसकेको भन्दै उहाले तुलसीपुरमा पनि २०७६ सालमा सुरु गर्ने भनिएकोमा कोरणा लगाएतका कारणले गर्दा ढिलो गरी यसवर्षबाट सञ्चालनमा आएको बताएका थिए । वास्तविक गरिब नागरिकहरुले सत्य तथ्य जानकारी दिएर गरिब परिचयपत्र बनाई राज्यबाट पाइने सेवासुविधामा सहुलियत प्राप्त गर्न पनि उनले सम्पुर्ण नगरवासीलाई आग्रह समेत गरेकाछन् ।

