सगरमाथा बालबाटिकाद्वारा विद्यार्थी लिए मानसिक स्वास्थ्य सचेतना ज्ञान

Byदोर्ण के.सी.

२३ आश्विन २०८०, मंगलवार १४:१८ २३ आश्विन २०८०, मंगलवार १४:१८ २३ आश्विन २०८०, मंगलवार १४:१८

टिका के.सी.
दाङ, २३ असोज ।
तुलसीपुर सिटि हस्पिटलकी डा.मेगाना नेपालले यो दिवसले मानसिक स्वास्थ्य सम्बन्धी सचेतना जगाउने र सबैको मानसिक स्वास्थ्यलाई विश्वव्यापी मानवअधिकारको रूपमा प्रवर्द्धन एवं संरक्षण गराउने कार्य गर्न प्रेरित गर्ने कुरामा जोड दिएकी थिईन् । तुलसीपुर ९ बेलुवामा अबस्थित सगरमाथा बालबाटिका इङलिस स्कुलको सहकार्यमा एबम तुलसीपुर सिटि हस्पिटलको आयोजनामा बिश्व मानसिक स्वास्थ्य दिवस सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरामा जोड दिएकी थिईन् । हरेक वर्षको अक्टोबर १० मा पर्ने यो दिवस यस वर्ष मानिस र समुदायका लागि ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गराउने हेतुका साथ यो कार्यक्रम मनाइएको हो । विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीको अध्यक्षता एंव डा. मेगाना नेपालको प्रमुख आतिथ्यता तथा विद्यालयका सिइओ यमकान्त खरेलको र डा. सन्दिप न्यौपानेको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । यसै गरि कार्यक्रमका प्रमुख प्रशिक्षक एबम विशिष्ट अतिथि डा. सन्दिप न्यौपानेले मानसिक स्वस्थ रहन शारीरिक स्वास्थ्य र सकारात्मक सोचमा ध्यान दिनुपर्ने बताएका थिए । युद्ध, अशान्ति, आर्थिक सङ्कट, बेरोजगारी र कतिपय सम्बन्धले मानिसमा निराशा, रिस, द्वेष लगायत विभिन्न कारणले मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्ने पनि उनले बताएका थिए ।

‘व्यक्ति आफूले यस्ता तनाव बहन गर्ने क्षमताको वृद्धि गर्नुपर्छ ।’ उनले भने( आफू प्रतिकूल परिस्थितिलाई स्वीकार र सामना गर्न क्षमता विकास गर्नुपर्छ।’ दैनिक शारीरिक अभ्यास, सन्तुलित आहारको सेवन, राम्रो निद्रा र सकारात्मक सोचको विकासले मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न सहयोग पुग्ने उनले सुझाव दिएका थिए । उनका अनुसार मनोचिकित्सकको परामर्श लिने बिरामीको सङ्ख्या बढ्दो छ । मानसिक स्वास्थ्यमा देखिएका समस्यामध्ये ‘डिप्रेसन’ र ‘एन्जाइटी’ बढी देखिएको पनि उनले बताएका थिए । मानसिक स्वास्थ्यमा देखिने समस्यालाई औषधिको सेवन, परामर्श र मनका कुरा अभिव्यक्ति गर्ने वातावरण दिन सके डिप्रेसनलाई कम गर्न सकिने डा. न्यौपानेले बताएका थिए । विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीले यस्ता सचेतना फैलाउने कार्यक्रम समय समयमा आयोजना गर्न आवस्यक रहेको बताएका थिए । ‘हरेक मानिस मानसिक रुपमा स्वस्थ रहन सके मात्र स्वस्थ परिवार, समाज र रास्ट्र निमाणर् गर्न सकिन्छ ।’

उनले भने( कहिले पनि आफुलाई अरु सङ्ग तुलना नगरी आफु सङ्ग जे छ तेसैमा सन्तुष्टि हुनु मानिसको बुद्धिमानी हो, सन्तुष्ट हुन नसक्नु भनेको विभिन्न तनाबको कारण मानसिक समस्यामा परी जीवन नै अस्तब्यस्त बनाउनु हो ।’खुसी हुनको लागि भौतिक सुबिधामा मात्र भन्दा पनि सानो सानो कुरा जुन हामी सङ्ग उपलब्ध हुने कुरामा खुशी हुनुपर्ने उनले बताएका थिए । ‘जे हुन्छ, त्यसैमा खुसी हुन सके मात्र खुसी जीवन बिताउन सक्छौँ ।’ उनले भने(‘जस्ले हामीलाई सन्तुष्टिको चरम बिन्दुमा पुर्याउछ अनि हाम्रो राम्रो करियर बन्न सक्छ ।’यसैगरी सिटि हस्पिटल संचालक समिती सदस्य एबम सुचना अधिकारी बुद्धि सापकोटाले सगरमाथा इङ्लिस स्कुल सङ्गको सहकार्य र समयानुकूल आयोजना गर्ने कार्यक्रम सार्है नै सराहनीय भएको बताएका थिए । ‘आगामी दिनहरुमा पनि यसै गरि यस विद्यालय सङ्ग सहकार्य गर्ने अवसर मिलिरहोस् ।’ उनले भने( यस्तो किसिमको सहकार्यका लागि विद्यालय परिवारप्रति हार्दिक धन्यवाद ।’ कार्यक्रममा सिटि हस्पिटलका सिइओ ऋषि रन्जन चौधरीको पनि सहभागीता रहेको थियो ।

विद्यालयका सिइओ यमकान्त खरेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम विद्यालयका कार्यक्रम प्रमुख शरद शर्माले सहजीकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds