शान्तिनगर गाउँपालिकाद्धारा बजार अनुगमनका क्रममा नियन्त्रणमा लिएका सामाग्री नष्ट

Byदोर्ण के.सी.

२६ कार्तिक २०८०, आईतवार १३:५३ २६ कार्तिक २०८०, आईतवार १३:५३ २६ कार्तिक २०८०, आईतवार १३:५३

शान्तिनगर,र्कािर्तक 26 गते ।
दाङको शान्तिनगर गाउँपालिकाले बजार अनुगमनका क्रममा नियन्त्रणमा लिइएका समाग्री नष्ट गरेको छ । गाउँ पालिकाले चाडपर्बलाई मध्य नजर गर्दै शान्तिनगर गाउँपालिकाको वडा नम्बर एक, दुई, तिन, चार र छ नम्बर वडाका विभिन्न स्थानमा संचालित ६ दर्जन बढि पसलहरुको अनुगमनका क्रममा जफत गरिएका म्याद नाधेका खाध्यबस्तु संगै करिब ८० लिटर भन्दा बढी गरेलु मदिरालाई बिहीबार नस्ट गरीएको गाउँपालिका उपाध्यक्ष प्रेमा बुढाथोकी के सिले बताएका थिए ।

अनुगमनमा गाउँपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत लेखा भण्डारी , प्रशासन शाखा प्रमुख कृष्ण कंडेल, कम्प्युटर अपरेटर काश्मिर भण्डारी , नायब सुब्बा यादब भुसाल , पत्रकार निराश पाण्डे र प्रहरी चौकी चिराघाटका इन्चार्ज खडक बहादुर डाङ्गी को सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds