यसवर्षको तिहारमा ४० लाख थान माला खपत हुने अनुमान

Byदोर्ण के.सी.

२७ कार्तिक २०८०, सोमबार ०७:५६ २७ कार्तिक २०८०, सोमबार ०७:५६ २७ कार्तिक २०८०, सोमबार ०७:५६

काठमाडौ, २७ कात्तिक ।  तिहारको भाइटीका आउन दुई दिन बाँकी छ । त्यसैले सयपत्री, मखमली फूल किसानलाई यतिबेला भ्याइनभ्याइ छ । मखमली फूल नबिग्रने हुँदा किसानले फूल टिपेर माला बनाईसकेका छन् । सयपत्री फूल अघिल्लो दिउँसो टिपेर माला बनाई भोलिपल्ट बिहानै बजार पु¥याउँछन् । सयपत्री फूलको माला, गुच्छा र खुला रूपमा बेच्ने गरिन्छ । मखमली भने माला नै बनाएर बेच्ने गरिएको छ । भक्तपुरको गुन्डुसँगै काठमाडौं, ललितपुर, धादिङ, चितवन, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, मकवानपुर, रामेछाप, झापा, इलाम, धनकुटा, मोरङ, धनुषा, सर्लाही, सप्तरी, कास्की, स्याङ्जा, बाँके, पाल्पा, तनहुँ, दाङ र कैलालीमा सयपत्री फूलको व्यावसायिक खेती हुने गरेको छ ।

मखमली फूलको व्यावसायिक खेती भने विशेषगरी काठमाडौंको इचंगुनारायण, भक्तपुरको गुन्डु, ललितपुरको गोदावरी र बडिखेल, कैलाली, पाल्पा, धादिङ र इलाममा भइरहेको छ । यस वर्ष तिहारका लागि मखमली, गोदावरी, सयपत्री र मिक्स माला गरी ४० लाख थान माला खपत हुने अनुमान गरिएको नेपाल फ्लोरीकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर लामाले बताउनुभयो । यस वर्ष तिहारमा सयपत्री माला ३५ लाख, मखमली माला ४ लाख ५० हजार, गोदावरी माला २० हजार थान, मिक्स माला ३० हजार थान खपत हुने उहाँको अनुमान छ । पछिल्ला वर्षमा १० देखि १५ प्रतिशतले फूलको माग बढ्दै गएको छ । मखमली र गोदावरी फूलमा आत्मनिर्भर भइसके पनि सयपत्री फूल आयात गर्नुपर्ने अवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds