दाङ, २८ पुस । बिदेश पुगेर धेरै धन सम्पती कमाएर घर परिवारलाई राम्रोसँग लालनपालन गर्ने उद्वेश्यले रुकुम पश्चिमको आठविसकोट नगरपालिका–६ होली गाउँका दीपक कामी तर गन्तव्य स्थलमै नपुगदै सदाका लागि अस्ताए । दीपकले विवाह गरेको दुई बर्ष मात्र भएको थियो। ६ महिनाअघि उनका छोरा जन्मिएका थिए। हुर्किंदै गरेका छोराको भविष्यका लागि उनी वैदेशिक रोजगारीमा जाने तयारीमा थिए। म्यानपावर कम्पनीले भिसा आईसकेको र चाँडै मेडिकल गर्न बोलाएपछि उनी शुक्रबार राति नेपालगञ्जबाट रात्री बस चढेर काठमाडौं हिँडेका थिए। उनी चढेको भे १ ख ३९१२ नम्बरको बस दाङको राप्ती गाउँपालिक पुगेपछि दुर्घटना भयो। पुलबाट राप्ती नदीमा खसेको बसमा सवार २५ बर्षीय दीपक कामीसँगै १२ जनाको मृत्यु भएको छ। केही मृतकको पहिचान खुल्न बाँकी छ।घरमा सानो बच्चा भएकाले भिसा आएपनि तत्काल दीपक विदेश जान चाहेका थिएनन्। म्यान पावरले भिसा आईसकेको बताएपछि उनी पछि दोहोरो ऋण थपिने डरले काठमाडौं पुग्न बाध्य थिए। शुक्रबार राति दाङको राप्ति नदीमा खसेको बस ।वैदेशिक रोजगारीमा जानका लागि उनी काठमाडौं जान लागेका थिए, म्यानपावर कम्पनीले मेडिकल छुट्छ, छिटो आईहाल्नुस् भनेर बारम्बार बोलाईरहेको रहेछ,’ दीपकका भिनाजु आठविसकोट–६ का पूर्ववडाध्यक्ष उत्तम कलेलले भने, ‘उसले सानै बच्चा भएकाले तत्काल जाने मन पनि गरेको थिएन, भिसा आईसकेपछि बाध्य भएर मेडिकल गर्ने र जानुपरिहाले त्यतैबाट विदेश गईहाल्ने भनेर काठमाडौं लागेका थिए।’दीपकले पाँच महिनाको छोरा र श्रीमतिलाई नेपालगञ्जमा छोडेर काठमाडौं हिँडेका थिए। उनका भिनाजु उत्तमको घर नेपालगञ्जमा छ। श्रीमती र छोरालाई त्यही घरमा दीपकले राखेका थिए। दीपककी दिदी भारतमा बस्छिन्। उनको परिवारमा अहिले उनकी दिदी मात्र छन्। एजेन्टले छिटो आउनु भनेको र भिसा आईसकेको कुरा मलाई भनेकै थिएनन्, भिसा लगाएको पनि थाहा दिएनन्,’ पूर्ववडाध्यक्ष कलेलले भने, ‘भिसा लगाएर उनी ससुराली गएका थिए, त्यहाँबाट फर्किएर उनीहरु नेपालगञ्ज गएका रहेछन्।’ दीपकको ससुराली रुकुम पश्चिमकै बाँफिकोट गाउँपालिका–६ खारखारा भन्ने गाउँमा हो। दीपकको दुर्घटनामा मृत्यु भएको खबर पाएपछि उनकी दिदी पनि रुकुम आउँदैछिन्। (सेतोपाटीबाट
विदेशको सपनासँगै काठमाडौं हिँडेका दीपक बाटो मै अस्ताए
Byदोर्ण के.सी.
२८ पुष २०८०, शनिबार १६:४७ २८ पुष २०८०, शनिबार १६:४७ २८ पुष २०८०, शनिबार १६:४७
By दोर्ण के.सी.
सम्बन्धित पोस्टहरू
अन्तर - संवाद
तुलसीपुर उपमहानगरपालिका
दृष्टिकोण
प्रविधि
लुम्बिनी प्रदेश
शिक्षा
समाचार
स्थानीय समाचार
दाङका अतिक्रमित सार्वजनिक जग्गा छानबिन पश्चात् खाली गराईने
१५ बैशाख २०८३, मंगलवार १०:५६ १५ बैशाख २०८३, मंगलवार १०:५६ १५ बैशाख २०८३, मंगलवार १०:५६
दोर्ण के.सी.
सेयर बजारको ऐंजेरु: ‘इन्साइडर ट्रेडिङ’ र लगानीकर्ताको सुरक्षा
१३ बैशाख २०८३, आईतवार ०९:५४ १३ बैशाख २०८३, आईतवार ०९:५४ १३ बैशाख २०८३, आईतवार ०९:५४
दोर्ण के.सी.
एकदिने अन्तर संवाद कार्यक्रम तुलसीपुरमा सम्पन्न
८ बैशाख २०८३, मंगलवार १४:२८ ८ बैशाख २०८३, मंगलवार १४:२८ ८ बैशाख २०८३, मंगलवार १४:२८
दोर्ण के.सी.
