शिवशक्तिको २० औं साधारणसभा बोकटीमा सम्पन्न

Byदोर्ण के.सी.

६ आश्विन २०८०, शनिबार १५:५३ ६ आश्विन २०८०, शनिबार १५:५३ ६ आश्विन २०८०, शनिबार १५:५३

दाङ, ६ असोज ।
शिवशक्ति बहुउद्देश्यीय सहकारी संस्थाको शनिबार साधारणसभा सम्पन्न भएको छ । तुलसीपुर ७ बोकटिमा रहेको सहकारी संस्थाले एक कार्यक्रमका बिच संस्थाको २० औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष ऋषिराज पोखरेलको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर ७ का अध्यक्ष राम बहादुर जीसीको प्रमुख आतिथ्यता तथा राष्ट्रिय सहकारी बैंक तुलसीपुर शाखाका प्रतिनिधि मनोज रिजालको विशिष्ट आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।कार्यक्रममा वडा अध्यक्ष जीसीले सहकारी संस्था सहकारी ऐन नियम अनुसार संञ्चालन गर्नुपर्ने बताएका थिए । उनले सहकारीले निजी स्वार्थको लागि नभई संस्थाका मालिक शेयर सदस्यहरुलाई आत्मनिर्भर बनाउने गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने समेत बताएका थिए । शेयर सदस्य आत्मनिर्भर भए मात्रै संस्था बलियो हुने भन्दै सदस्यले संस्थाको बारेमा निरन्तर जानकारी लिनुपर्नेमा जोड दिनुदिएका थिए । कार्यक्रमका विशिष्ट अतिथी रिजालले वार्षिक साधारणसभाले संस्थाले गरेको प्रगति र आगामी योजनाको दिशा निर्देश गर्ने भएकाले नितिगत सुधारका लागि विशेष दिनमा सक्रिय सहभागिता हुनुपर्ने बताउँदै संस्थागत विकासका लागि संचालक समितिसंगै शेयर सदस्यहरु पनि उत्तिकै जिम्मेवार रहेको बताउनुभयोकुरामा जोड दिएका थिए । संस्थाका सल्लाहाकार प्रेमप्रसाद खनालले समय सापेक्ष परिवर्तन गर्नुपर्ने, प्रचलित सहकारी कानुन बमोजिम विधान संशोधन गर्नुपर्ने बताएका थिए । बहुउद्देश्यीय सहकारी संस्था रहेता पनि संस्थाको विधानमा कृर्षि कार्य मात्र गर्ने उल्लेख रहेकोमा यसवर्षको साधारणसभाबाट विधान संशोधन गरी संस्थाको प्रकृति अनुसार अन्य कार्यहरु संचालन गर्ने साधारणसभाले पास गरेको छ । कार्यक्रममा सल्लाहाकार इश्वरी प्रसाद पौडेल, संस्थापक सदस्य फनिन्द्र कुमार भटराई लगाएतकाले आ–आफ्ना धारणा राखेका थिए । संस्थाको वार्षिक प्रतिवेदन संचालक सदस्य मोहनप्रसाद कडेल, आर्थिक प्रतिवेदन कोषाध्यक्ष पदम प्रसाद रिजाल र लेखा प्रतिवेदन लेखा समितिका संयोजक श्रवण कुमार आचार्यले प्रस्तुत गरेका थिए । संस्थाले साधारणसभामा विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरेको थियो । जेष्ठ नागरिक सम्मानमा शान्ता कुमारी धिताल, मान कुमारी अर्याल, कमला भण्डारी, जीत बहादुर राना, गोकुल प्रसाद उपाध्याय र नारायण कुमार आचार्यलाई सम्मान गरेको हो । यस्तै असल बचतकर्तामा दिवाकर केसी र दिलमाया नेपालीलाई सम्मान गरेको थियो । यसैबिच संस्थाको रित्त रहेको तिन वटा पदमा पदपूर्ति गरेको छ । सचिवमा तारा अधिकारी, सदस्यमा झविलाल पोखरेल र बालिका न्यौपाने पौडेललाई चयन गरिएको अध्यक्ष पोखरेलले बताएका थिए । कोषाध्यक्ष पदम प्रसाद रिजालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण माधवा रेग्मि केसी र अरुण कुमार आचार्यले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds