राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीको पुत्ला दहन

Byदोर्ण के.सी.

१५ माघ २०८०, सोमबार १७:०९ १५ माघ २०८०, सोमबार १७:०९ १५ माघ २०८०, सोमबार १७:०९

सागर सुबेदी

तुलसीपुर,माघ १५

नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल पूर्वी दाङले राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीको पुत्ला दहन गरेको छ ।राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले पार्टीका महासचिव विप्लवको बारेमा दिएको गैरजिम्मेवार अभिव्यक्ति विरुद्ध संगठनले संगठनको केन्द्रीय कार्यक्रम अनुसार सोमबार साँझ  तुलसीपुर चोकमा शाहीको पुत्ला दहन गरेको हो ।माघ १३ गते राप्रपा नेपालको आफ्नो कार्यालय चाबाहिल काठमाण्डौंमा आयोजित सिन्धुपाल्चोक सम्पर्क समितिको कार्यक्रममा राप्रपा नेपालका प्रवक्ता तथा जुम्ला जिल्लाका सांसद ज्ञानेन्द्र शाहीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीका बारेमा दिएको गैरजिम्मेवार अभिव्यक्तिलाई तुरुन्तै सच्याउन र अभिव्यक्ति तुरुन्त फिर्ता लिएर जनतामाझ माफी माग्न नेकपाले चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds