
दाङ५ कार्तिक
दशैंको रमझममा देश झुमिरहेका बेला आज बिहानै काठमाडौं लगायत आसपासका जिल्लामा भूकम्पको धक्का आएको छ । ७ः३९ देखि ७ः४० को अवधिमा दुई कम्पन आएका थिए ।धादिङको खरी केन्द्रविन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले पुष्टि गरेको छ । आइतबार बिहान ७ बजेर ३९ मिनेटमा धादिङ केन्द्र बनाएर ६।१ म्याग्निच्युडको भूकम्प गएको भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिएका हुन् ।उनले भने,धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। यो नयाँ भूकम्प होइन २०७२ सालको गोरखा भूकम्पको परकम्प हो। भूकम्पपछि मानिसहरूको होहल्ला सुनिन्थ्यो ।आइतबार बिहान काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, चितवन आदि जिल्लामा पनि धक्का महसुस गरिएको छ। क्षतिको विवरण भने आएको छैन । यसैबिच धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले भूकम्पले ठाउँ–ठाउँमा पहिरो गएको र रुख ढलेको भन्ने जानकारी आएको बताएका छन्। धादिङका प्रमुख जिल्ला अधिकारी गैह्रेले मानवीय तथा भौतिक क्षतिबारे भने कुनै जानकारी नआएको बताए । उनले भने, ‘ठाउँठाउँमा पहिरो गएको र रुख ढलेको भन्ने जानकारी आएको छ। तर क्षतिको विवरण भने आएको छैन। हामी बुझ्ने प्रयास गरिरहेका छौँ। प्रहरीको टोली पठाएका छौं। उहाँहरु पुगेपछि केहि जानकारी आउला।’

