भूकम्प अपडेट : २० वटा घरमा क्षति, ७५ वटा घर चर्किए

Byदोर्ण के.सी.

५ कार्तिक २०८०, आईतवार ०८:५३ ५ कार्तिक २०८०, आईतवार ०८:५३ ५ कार्तिक २०८०, आईतवार ०८:५३

धादिङ, ५ कात्तिक ।  आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालामुखी गाउँपालिका ५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ वटा घर चर्किएका छन् । बिहान ७ बजेर ३९ मिनेट जाँदा धादिङको ज्वालामुखी गाउँपालिका–५ खरी दर्बुङघाट केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको जनाइएको छ ।पटकपटक चार रेक्टरस्केल भन्दा माथिका भूकम्पका परकम्पहरु गएका कारण मानिसहरु घर बाहिर बसेका छन । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहरुको विस्तृत विवरण सङ्कलन भइरहेको बताएकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds