थर्काेट समाचारदाता
तुलसीपुर, १९ असार ।
तुलसीपुरमा मंगलबार बबई नदिले बगाउँदा एक महिला बेपत्ता भएकी छिन् । तुलसीपुर उपमहानगरपालिका–१४ मटेरा स्थित आफन्त कहाँ जाने क्रममा अन्दाजी २० वर्षीय रोसन चौधरि को श्रीमती अन्दाजी वर्ष १९ कि संझना चौधरीलाइ बेला ७:५० बजे बबई नदीले बगाई बेपत्ता बनाउँदा एक जना महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएको छ । यसरी मृत्यु हुनेमा रानागाउँकी ५१ वर्षीय ताराकुमारी गुरुङ रहेक छिन् । उनलाई मंगलबार दिउँसो खोलाको छेउमा रहेको आफ्नै खेतको आली बनाउने क्रममा एक्कासी आएको बाढीले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएकाे हाे । उहाँका अनुसार प्र ना नि गणेश ब सिह(९८५८०९०३५१) को कमाण्ड मा ३ जना को टोलि र इ प्र का तु पु बाट प्र नि प्रकाश थापा (९८५७८९००११) को कमाण्ड मा ७ जना को टोलि खटी गएको खाेज तलास कार्यलाई तिबर्ता दिएपछि युवतीको सब दंगीशरणमा १ बैबाङ पुल माथि शव फेला परेकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको हाे ।
