बबई कप टि-20 क्रीकेट प्रतियोगिताको सुरु

Byदोर्ण के.सी.

१८ कार्तिक २०८०, शनिबार १६:५५ १८ कार्तिक २०८०, शनिबार १६:५५ १८ कार्तिक २०८०, शनिबार १६:५५

तुलसीपुर
१८ कार्तिक / पश्चिम दाङको हंसपुरमा आज देखि बबई कप टि-20 क्रीकेट प्रतियोगिता २०८० सुरु भएको छ ।दाङ जिल्ला क्रीकेट संघको वार्षिक क्यालेन्डर अनुसार पुरन्धारा क्रीकेट क्लबको आयोजनामा पश्चिम दाङको बबई गाउँपालिका ३ हंसपुर क्रीकेट मैदानमा संचालित प्रतियोगिताको बबई गाउँपालिका अध्यक्ष कुल बहादुर खत्रीले उद्घाटन गरेका हुन ।

उद्घाटन समारोह लाई सम्बोधन गर्दै प्रमुख अतिथी खत्रीले खेल बिकासको पहिलो आधार पुर्वाधार भएको बताएका छन । पुर्वाधार बिकास बिना खेलबिकासको परिकल्पना असम्भव भएकाले हामी गाउँपालिकामा खेल संरचना निर्माण संगै भएका संरचनाको संरक्षण र त्यसको उपयोगमा नितिगत रुपमा लागि परेका छौ उनले भने।

ग्रामाणी स्तर बाटै खेल विकासको स्पष्ट खाँका कोर्ने लक्ष्य उदेश्यले गाउँपालिका भित्र क्रीकेट रंगशाला निर्माण कार्य लाई गाउँपालिकाको पहिलो प्राथमिकतामा पारिएको उनले बताए ।साथै उनले गाँउपालिकाको निति तथा कार्यक्रममा शिक्षा जत्तिकै महत्वका साथ खेलकुदलाई स्थान दिने र पालिकालाई कसरी खेलकुदमय बनाउन सकिन्छ भन्ने विषय उच्च प्राथमिकतामा रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds