
तुलसीपुर, १८ कात्तिक । तुलसीपुरमा हिजो र आज गरी दुई दिनमा करिब १३ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको छ । १६ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने लक्ष्य रहेकोमा १३ हजारलाई खुवाइएको तुलसीपुर उपमहानगरपाकिाका जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिएकाछन्। सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आएपनि यस वर्ष दशैं परेका कारण पहिलो चरणको कार्यक्रम हिजो र आज तय गरेको थियो । भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटेका बालबालिकालाई भोली पनि तुलसीपुर उपमहानगरपाकिाका १९ वटै वडामा रहेका स्वस्थ्य संस्थाबाट खुवाइने केसीले बताउनुभयो । यस्तै स्वास्थ्य स्वयमसेविकाहरु भने घरघरमा गएर खुवाउने उनले बताएका थिए । तुल्सीपुरमा २०४ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको थियो । भिटामीन ए ले बालबालिकामा रोग प्रतिरोधातमक क्षेमता अभिवृद्धिसँगै बाल मृत्युदर घटाउन सहयोग पु¥याउँछ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार दुई दिने अभियानमा देशभर ६ देखि ५९ महिनाका करिब ३२ लाख बालबालिकाहरूलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने लक्ष्य राखेको छ । यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाख भन्दा बढी बालबालिकाहरूलाई जुकाको औषधि खुवाउने लक्ष्य राखेको थियो । सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम र जुकाको औषधि २०५६ बाट खुवाउन थालेको हो ।
