बबई कप टि –२० क्रीकेट प्रतियोगिताको तयारी तिव्र

Byदोर्ण के.सी.

१५ कार्तिक २०८०, बुधबार १५:१४ १५ कार्तिक २०८०, बुधबार १५:१४ १५ कार्तिक २०८०, बुधबार १५:१४

लक्ष्मण बस्नेत
दाङ १५ कार्तिक ।
दाङको बबई गाउँपालिकामा यहि कार्तिक १८ गते देखि सुरु हुने बबई कप टि –२० क्रीकेट प्रतियोगिता २०८० को तयारी तिव्र पारिएको छ । दाङ जिल्ला क्रीकेट संघको वार्षिक क्यालेन्डर अनुसार पुरन्धारा क्रीकेट क्लबको आयोजनामा पश्चिम दाङको बबई गाउँपालिका ३ हंसपुर क्रीकेट मैदानमा हुने प्रतियोगिता लाई सार्थक र परिणाममुखी बनाउन यतिबेला टिम दर्ता, प्रचारप्रसार , खेलमैदान मर्मत, पिच निर्माण, आर्थिक ब्यबस्थापन लगाएतका पक्ष लाई तिव्र पारिएको क्लबका अध्यक्ष तथा खेल संयोजक बाल कृष्ण खत्रीले जानकारी दिएकाछन् । क्रीकेट खेलको बिकास र बिस्तार संगै नवप्रतिभावन खेलाडीको पहिचान गर्ने उदेश्यका साथ आयोजना गरिएको
प्रतियोगिताको बिजेताले नगद पचास हजार सहित ट्रफी, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेताले नगद पच्चीस हजार सहित ट्रफी, मेडल प्रमाणपत्र हात पार्नेछ । त्यस्तै प्रतियोगिताको सर्बोउत्कृष्ट खेलाडीले नगद आठ हजार साथमा ट्रफी, बेस्ट बलर र बेस्ट ब्याट्सम्यानले समान नगद पाँच(पाँच हजार सहित ट्रफी, प्रमाणपत्र हात पार्नेछन भने प्रत्येक खेलको म्यान अफ द म्याच लाई नगद एक हजार पाँच सय रुपैयाँ प्रदान गरिने संयोजक खत्रीले जानकारी दिएका छन् ।
प्रतियोगितामा कुल ६ टिम बिच कडा प्रतिस्पर्धा हुने र सहभागि टिमहरुलाई २ समुहमा विभाजन गरेर लिग प्रणाली बाट खेल खेलाईनेछ । त्यस्तै प्रत्येक टिममा २ जना अन्डर १६ का खेलाडी अनिवार्य समावेश गर्नुपर्ने र ३ जना जिल्ला बाहिरका खेलाडीलाई समावेश गर्न सकिनेछ ।
प्रत्येक ग्रुपबाट उत्कृष्ट खेल खेल्ने २–२ टोलि सेमिफाइनलमा प्रवेश गर्नेछ्न । ग्रुप ए को बिजेताले ग्रुप बि को उपविजेता संग र ग्रुप बि को बिजेताले ग्रुप ए को उपबिजेता सङ सेमिफाइनल खेल्नेछन् । कार्तिक २२ गते सम्म संचालन हुने प्रतियोगितामा पुरन्धारा क्रीकेट क्लव बबई, श्री त्रिशिदेश्वरी स्पोर्ट्स क्लब तुलसिपुर, घोराही क्रीकेट एकाडेमी, दाङ क्रीकेट लिग खेलेको टिम पुरनधारा च्यालेन्जर्स, गुरुकुल क्रीकेट एकाडेमी घोराही र राप्ती गाउँपालिका क्रीकेट टिमको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds