काठमाडौ, ३० मंसिर । बाराको सिम्रौनगढ नगरपालिकामा गत बुधबार भएको प्रदर्शनमा एक युवकको मृत्यु भएको विषयलाई लिएर शनिबार बाराको निजगढमा पूर्वपश्चिम राजमार्ग बन्द गरिएको छ । प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएको विरोधमा उत्रिएका शिक्षक–कर्मचारी र प्रहरीबीच झडपका क्रममा प्रहरीको गोली लागेर सिम्रौनगढ नगरपालिका १ ननसगराढाट गाउँका २५ वर्षका लक्ष्मी मुख्याको मृत्यु भएको थियो । घटनाको छानबिन गरी गोली प्रहार गर्ने सुरक्षाकर्मी माथि कारबाही गर्नुपर्ने, मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने, मधेशका मुख्यमन्त्री र सिम्रौनगढका मेयरले राजीनामा दिनुपर्नेलगायत माग राखी मृतक पक्षले राजमार्ग बन्द गराएका हुन् । प्रदर्शनकारीले टायर बाल्नुका साथै नाराबाजी पनि गरेका छन् । मृतक मुखियाको शव हाल वीरगञ्जको नारायणी अस्पतालमा छ । मृत्यु भएको ४ दिन भइसक्दा पनि शव परीक्षण भएको छैन । आफन्तले शव बुझेका छैनन् । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चित्ररञ्जन साहका अनुसार मुखियाको घटनास्थलमा नै मृत्यु भएको थियो । प्रहरीले भने झडपपछिको असहज स्थितिलाई नियन्त्रणमा लिन हवाइ फायर गरेको बताउँदै आएको छ ।
प्रहरीको गोली लागेर युवकको मृत्यु राजमार्ग अवरुद्ध
Byदोर्ण के.सी.
३० मंसिर २०८०, शनिबार ११:३६ ३० मंसिर २०८०, शनिबार ११:३६ ३० मंसिर २०८०, शनिबार ११:३६
By दोर्ण के.सी.
सम्बन्धित पोस्टहरू
ज्ञान ज्योति फाउण्डेसनमा एक दिन शोक बिदा
३ भाद्र २०८३, बुधबार १६:५३ ३ भाद्र २०८३, बुधबार १६:५३ ३ भाद्र २०८३, बुधबार १६:५३
दोर्ण के.सी.
मकवानपुर स्कारपियो दुर्घटना : रजिष्ट्रारकी श्रीमतीको मृत्यु
२ भाद्र २०८३, मंगलवार १४:३० २ भाद्र २०८३, मंगलवार १४:३० २ भाद्र २०८३, मंगलवार १४:३०
दोर्ण के.सी.
तुलसीपुर उपमहानगरको एम्बुलेन्स दुर्घटना, डेढ महिने शिशुको मृत्यु
२४ श्रावण २०८३, आईतवार ०९:२१ २४ श्रावण २०८३, आईतवार ०९:२१ २४ श्रावण २०८३, आईतवार ०९:२१
दोर्ण के.सी.
