तुलसीपुरमा १६ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै

Byदोर्ण के.सी.

१७ कार्तिक २०८०, शुक्रबार १७:२० १७ कार्तिक २०८०, शुक्रबार १७:२० १७ कार्तिक २०८०, शुक्रबार १७:२०

दोर्ण के.सी.
तुलसीपुर, १७ कात्तिक ।
यस वर्षको भिटामिन (ए) कार्तिक १७ र १८ गते खुवाउन लागिएको प्रतापकोट नगर स्वास्थ्य केन्द्र तुलसीपुर–३ का कार्यालय प्रमुख बसन्त वलीले जानकारी दिएकाछन् । उनले कार्तिक १७ र१८ गते गरेर तुलसीपुरमा ६ महीना देखि ५९ महिना सम्मका करिब १६ हजार बालबालिकालाई भिटामिन ए औषधि खुवाँउन लागिएको बताएकाछन् । त्यसैगरी १३ हजार भन्दा बढी १ वर्ष माथिकालाई जुकाको औषधि र ७ हजार भन्दा बढी बालबालिकालाई बालभिटा पनि सँगै बितरण गरिने केन्दका कार्यालय प्रमुख वलीले जानकारी गराएकाछन् । उनले सो कुरा कार्तिक १७ गते तुलसीपुर ३ मा ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरूलाई भिटामिन (ए) खुवाउने क्रममा थर्कोट पत्रिकालाई सो कुराको जानकारी दिएका हुन् । त्यस्तै गरि जनस्वास्थ्य निरीक्षक विमल केसीले सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आएपनि यस वर्ष दशैं परेका कारण पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते तय गरिएको जनाएका थिए । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले आज र भोलि भिटामिन ए कार्यक्रममा सरिक भई बालबालिकालाई स्वस्थ निरोगी राख्न आग्रह गर्दै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न कोही कसैलाई पनि नछुटाई सहयोग गर्न स्वास्थ्य स्वयंसेविका लगायत सम्पूर्ण सरोकारवाला निकाय, स्वास्थ्य कर्मीलाई आह्वान गरेकाछन्। सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम र जुकाको औषधि २०५६ बाट खुवाउन थालिएको हो ।यो कार्यक्रममा देशभरिका स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीलाई परिचालन गरिने छ भने दाङमा एक हजार भन्दा बढी र तुल्सीपुरमा तुलसीपुरमा २०४ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिदै छ भने यो अभियान हरेक वडाका टोल, खोप केन्द्र, स्वास्थ्य संस्थाबाट खुवाइँदै छ । भिटामीन ए ले बालबालिकामा रोग प्रतिरोधातमक क्षेमता अभिवृद्धिसँगै बाल मृत्युदर घटाउन सहयोग पुर्‍याउँने प्रतापकोट नगर स्वास्थ्य केन्द्र तुलसीपुर–३ का कार्यालय प्रमुख बसन्त वलीले जानकारी दिएकाछन । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार दुई दिने अभियानमा देशभर ६ देखि ५९ महिनाका करिब ३२ लाख बालबालिकाहरूलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ । यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाख भन्दा बढी बालबालिकाहरूलाई जुकाको औषधि खुवाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds