दाङ, २७ कार्तिक ।
सरकारले नेपालमा टिकटक बन्द गर्ने निणर्य गरेको छ ।
मन्त्रीपरिषद्को आज बसेको बैठकले नेपालमा टिकटक बन्द गर्ने निणर्य गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनकारी दिनुभएको हो ।टिकटक बन्द गर्ने नेपालको निर्णय भन्दा अघि अन्य देशले लागू गरीसकेका छन । यसअघि टिकटक बन्द गरेका देशहरूमा भारत, अष्ट्रेलिया, बेल्जियम, क्यानडा, नर्वे, न्यूजिल्याण्ड, डेनमार्क लगायतका छन।भारतले सन् २०२० मा नै टिकटक सहितका ५८ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो ।
