चितवनका बस्तीमा ध्रुवे हात्ती आतंक स्थानीयबासी त्रसीत,नियन्त्रणका लागि टोली परिचालन

Byदोर्ण के.सी.

२७ कार्तिक २०८०, सोमबार १८:२४ २७ कार्तिक २०८०, सोमबार १८:२४ २७ कार्तिक २०८०, सोमबार १८:२४

चितवन, २८ कार्तिक ।

२२ जना भन्दा धेरै मानिसको ज्यान लिएको जङ्गली ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट मानव बस्तीतिर पस्न थालेपछि स्थानीय त्रसित भएका छन् । झन्डै १५ दिनदेखि ध्रुवे हात्ती माडी क्षेत्र र भरतपुर महानगरपालिकाको वडा नम्बर २३ र २४ मा देखिन थालेको छ । हात्तीले बस्तीमा पसेर घर गोठ भत्काउने, थन्काएर राखेको अन्न बाली नष्ट गर्ने जस्ता काम गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिएका छन् । उनका अनुसार हात्ती नियन्त्रणका लागि दुई टोली परिचालन गरिएको छ । उनले भने, हात्तीले समस्या दिएपछि विगत १५ दिनदेखि हात्तीको नियन्त्रणका लागि प्राविधिक सहितको दुईवटा टोली परिचालन गरिएको छ। हात्ती देखिएमा मात नियन्त्रण गर्ने औषधि प्रयोग गरी ‘डाट’ गर्ने उनले बताएकाछन्। यसका लागि खुला ठाउँ वा फराकिलो बाटोमा भएको हुनुपर्छ । योसँगै ‘स्याटेलाइट कलर’ जडान गरिने उनले जानकारी दिनुभयो । कलर जडान गरेसँगै हात्तीले गरेका गतिविधिको बारेमा जानकारी लिन सकिने उनले बताएकाछन्। यसका लागि निकुञ्जको टोली, नेपाली सेनाको टोली, नेपाल प्रहरी, स्थानीय, मध्यवर्ती उपभोक्ता समितिले रातदिन गस्ती गर्दै आएका छन् । निकुञ्ज आसपासका क्षेत्रमा हात्ती देखिएसँगै बेलुका बिहान बाहिर निस्कँदा सावधानी अपनाउन निकुञ्जले अनुरोध गरेको छ । उनले भने हात्ती बाहिर निस्किएको हुँदा मानवीय क्षति हुनसक्ने भएकाले बेलुका र बिहानपख अत्यावश्यक काम बाहेक बाहिर ननिस्कान अनुरोध गर्दछौँ ।
निस्कनै परे टर्च लाइट बालेर र समूहमा निस्कन कार्यालयले अपिल गरेको छ । यस हात्ती हरेक वर्ष बस्तीमा पसेर नागरिकलाई दुःख दिँदै आएको छ अनलाईनमा समाचारछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds