बाँके २१-असोज/ बाँकेको नेपालगञ्जमा दुई समुदायबिच उत्पन्न तनावपछि स्थानीय प्रशासनले लगाएको कर्फ्यु र निषेधाज्ञा अर्को सुचना नआउँदासम्म खुकुलो पारिएको छ । नेपालगञ्जमा आईतवार बिहान १० बजेदेखि राति १० बजेसम्म निषेधाज्ञा र त्यसपछि बिहान ४ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ । यसअघि केही दिनसम्म राति ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु र त्यसपछि दिनभर निषेधाज्ञा जारी हुँदै आएकोमा केही खुकुलो पारिएको हो ।
निषेधाज्ञाका बेला कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टरर पर्चा जस्ता प्रचार सामग्री टाँस्न नपाइने तथा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाइने प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले बताएकाछन् ।

