थारु समुदायमा सखिया नाचको रौनकता हट्दै

Byदोर्ण के.सी.

२ कार्तिक २०८०, बिहीबार १५:१४ २ कार्तिक २०८०, बिहीबार १५:१४ २ कार्तिक २०८०, बिहीबार १५:१४

तुलसीपुर, २ असोज । नेपालीहरुको महान पर्व वडादशैँ सबैको घरमा भित्रिसकेको छ । सवैजना दशैँ मनाउने तयारीमा छन् । यो समयमा केहीवर्ष अघिसम्म पनि दसैँ सुरु हुनुअघि नै थारु बस्तीमा सखिया नाचको रौनक सुरु हुन्थ्यो । तर हिजो आज थारु बस्तीमा सखिया नाचको धुन कमै मात्र सुन्न पाइन्छ । सखिया नाचमा युवतीहरू सामूहिक रूपमा नाच्ने र पुरुषहरूले मादल बजाउने गर्छन । थारु समुदायमा यसले आफ्नै ऐतिहासिक विशेषता बोकेको छ । गैर थारुहरुको भन्दा फरक संस्कृति बोकेको थारु समुदायमा बाहेक अन्य समुदायमा यो नाच नाचिदैन । यो नाचमा भगवान श्रीकृष्णको लीलामा आधारित गीत गाएर शास्त्रीय नृत्य गरिने थारु बुद्धिजीवी छोटीलाल थारुले बताउनुभयो ।
उहाँले पहिले धेरै नै नाच्ने गरेको सखिया नाच आधुनिकतासँगै नाच लोप हुन थालेकोे बताउनुभयो । पछिल्लो समय रोजगार र पढाईको शीलशीलामा धेरै युवायुवतीहरु घर बाहिर नै बस्ने हुनाले यस्तो अवस्था आएको उहाँको भनाइ छ । ‘तर हाम्रो संस्कृति हो यसो भन्दैमा लोप हुन दिनुहुँदैन । सबै मिलेर बचाउनुपछर्,’ उहाँले भन्नुभयो । कतै नाच्न छोडिसकेको गाउँमा पनि संरक्षण गर्नुपर्छ भनेर सखिया गीतहहरु छोट्याएर नाच्न थालेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds