तिहारको शुरूवातमै पहिलो दिनदेखि सामान्य वर्षाको सम्भावना

Byदोर्ण के.सी.

१४ कार्तिक २०८१, बुधबार १३:५७ १४ कार्तिक २०८१, बुधबार १३:५७ १४ कार्तिक २०८१, बुधबार १३:५७

थर्कोट समाचारदाता
दाङ, १४ कात्तिक । तिहारका मुख्य दिन अर्थात तिहार शुरूवातसँगै कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तिहार विशेष मौसम बुलेटिन निकालेर तिहारको मुख्य दिन भोलिदेखि १९ गते भाइटीकाको दिनसम्म केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको जनाकारी गराएको हो । उच्च पहाडी भेगका केही ठाउँमा सामान्य हिमपातको सम्भावना पनि छ । बाँकी ठाउँमा भने मौसम सफा रहने महाशाखाले जनाएको छ । समग्रमा धेरैजसो ठाउँको मौसम सफा रहने छ । तापक्रम भने घट्दो क्रममा रहने महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds