
थर्काेट समाचारदाता
तुलसीपुर , ९ असोज ।
तुलसीपुर सहित देशभरका अधिकांस क्षेत्रमा बुधवार बेलुका देखी निरन्तर झरी परिरहेको छ । बङ्गालको खाडीमा विकसीत न्यूनचापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण मंगलबार सामान्य र बुधवार बेलुकीदेखि ठुलाे झरी शुरु भएको हो । यता तुलसीपुरमा पनि मंगलबार दिउँसो देखि लगातार झरी परिरहेको छ ।

मनसुनी बायुको प्रभावका कारण असाेज ०९ गते र १० गतेका दिन हावाहुरी र चट्याङ सहित ठूलो पानी पर्ने र पर्सि आइतबारदेखि मात्रै वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । असाेज ०९ गते र १० गते भारी देखी अति भारी बर्षाको सम्भावना भएकाले विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ । भारी बर्षाको जोखिमलाई मध्येनजर गर्दै दाङ सहित देशभर दुई दिन सम्म उच्च सावधानीका लागि विपद पुर्व तयारी कार्यहरु भईरहेका छन् । महाशाखाका अनुसार शुक्रवार देखी आईतवार सम्म बर्षाको जोखिम रहेको छ ।

