तुलसीपुर १० कार्तिक
बाटाेमा ढल्किएका बिधुत पाेल र लत्रिएका केवलका तार व्यवस्थित नहुँदा स्थानीयबासीहरु सास्ती खेप्न बाध्य भएकाछन् । स्थानीयबासीहरुले लत्रिएका तारहरुलाई काठमा अडकाएर तथा ढल्किएका पाेलहरुलाई काठमा टेक्कासाे लगाएर आवतजावत गर्दापनि सम्बन्धित सराेकारवाला निकायले चासाे नदिएपछि स्थानीयवासी सास्ती खेप्न बाध्य भएकाहुन् । तुलसीपुर दाेघरे, चुलुसे, दमारगाउँ, डाँडाखुट्टी, बल्ले हुँदै मखनटाकुरी जाेडने सडक खण्डमा पर्ने तुल्सीपुर उपमहानगरपालिकामा -३ दमारगाउँ, डाँडाखुट्टी सडक खण्डमा पर्ने बिधुत ढल्किएका बिधुत पाेल र लत्रिएका तार प्रति नेपाल विधुत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय तुलसीपुर वितरण केन्द्र तुलसीपुर दाङ तथा विभिन्न सम्बन्धित सराेकारवाला निकायले समयमै चासाे नदिदा स्थाबासीहरुले सास्ती खेप्न बाध्य भएका हुन् । स्थानीयबासीहरु भन्छन् एकातिर बिधुतका पाेलहरु ढल्किएकाछन् । कतिबेला ढल्ने हुन थाहाछैन् । अर्काेतर्फ बिधुतका पाेलमा राखेका केवलका तारहरु लत्रिएर बाटाे नै अबरुद्ध भएको छ । हामीलाई घरबाट भित्र बाहिर गर्न समेत अप्ठयाराे भएकाेछ । लत्रिएका केवलका तारहरुमा सुकेका घासका डालाले अडयाएर घरबाट भित्र बाहिर गर्नुपरेकाे दुखेसाे व्यक्त गरेका थिए । तपाईंहरूलाई लत्रिएका केवलकालतारहरुले भित्र बाहिर गरदा अप्ठयारे भएको छैन भन्दा उनीहरुले अप्ठयाराे भएर त काठमा तार अड्याएर घरबाट भित्र बाहिर गरेका छाै भनेका थिए । हामीहरुले ढल्किएका बिधुतका पाेलहरु ढलेर क्षेती हाेला भनेर नेपाल विधुत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय तुलसीपुर वितरण केन्द्र तुलसीपुर तथा विभिन्न सम्बन्धित सराेकारवाला निकायहरुलाई पटक-पटक भन्दा पनि आफ्ना कुरा नसुनी माैन बसदा सास्ती खेप्नु परेकाे बताएका थिए । याे सडक खण्डमा नेपाल विधुत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय तुलसीपुर वितरण केन्द्र तुलसीपुर दाङकाे गाडि पुगेता पनि हालसम्म याे समस्याप्रति कसैकाे ध्यान केन्द्रीकृत हुनलसकेकाे छैन् । केवलका तारले सडकमा छुन लागेपछि स्थानीयबासीले काठमा तार अडाएर हिड्न बाध्य भएकाछन् । यदि समयमै यी बाटाेमा ढल्किएका बिधुत पाेल र लत्रिएका केवलका तार व्यवस्थापनकाे लागि नेपाल विधुत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय तुलसीपुर वितरण केन्द्र तुलसीपुर दाङले समयमै ध्यान केन्द्रीकृत गरेर चासाे नदिने हाे भने यश क्षेत्रमा ठुलाे हुन सक्ने सम्भावना बढि रहेकाे बताउँदै ढल्किएका पाेलहरु ढलेर क्षेती भएमा नेपाल विधुत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय तुलसीपुर वितरण केन्द्र तुलसीपुर दाङले व्यहाेर्नुपर्ने बताएका थिए । यता नेपाल विधुत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय तुलसीपुर वितरण केन्द्र तुलसीपुर दाङका वितरण प्रमुख सुरेश कुमार महताेले यसप्रति आफुलाई कुनै जानकारी नभएकोले यस्ताे समस्या भएको हाे । म त्यसप्रति कर्मचारीलाई छिट्टै हेर्न लगाएर काम अगाडि बढाउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds