l6sf s]=;L=

तुलसीपुर, ३ आश्विन सल्यानको कपुरकोट गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूमा पाहुना शिक्षकको व्यवस्था गरिने भएको छ । विद्यार्थीलाई किताबी ज्ञान कुराहरू मात्र नभएर बाहिरी ज्ञानका कुराहरू दिने उद्देश्यले गाउँपालिकाले सञ्चालन गरेको ‘शैक्षिक जागरण अभियान’ अन्तर्गत सबै सामुदायिक विद्यालयमा विभिन्न क्षेत्रका विज्ञलाई पाहुना शिक्षकका रुपमा व्यवस्था गरिने भएको हो । गाउँपालिकामा सञ्चालित चारवटा माध्यमिक विद्यालय र सातवटा आधारभूत विद्यालयमा शैक्षिक जागरण अभियान सञ्चालन हुने विद्यालयहरूले जनाएकाछन् । जसअनुसार प्रत्येक हप्ताको एकदिन कुनै एक क्षेत्रका विज्ञ अर्थात पाहुना शिक्षकले आफ्नो ज्ञान, आफुले योग्यता हासिल गरेको क्षेत्र, यसको महत्व र बालबालिकालाई भावी योजना तय गर्न सहजता होस् भन्ने हेतुका साथ शैक्षिक जागरण अभियान मार्फत सबै विद्यालयमा ज्ञान प्रदान गर्नेछन् । पालिकाभित्रमा सञ्चालित विद्यालयमा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीका लागि शैक्षिक जागरण अभियान सञ्चालन हुन लागेको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले जानकारी दिएकाछन् । गाउँपालिकाले विद्यार्थीलाई किताबी ज्ञान भन्दा बाहिरको ज्ञान दिन शैक्षिक जागरणको अभियान सञ्चालन गर्न लागेका हौं, यस अभियानमा कुनै पनि क्षेत्रमा विज्ञता हासिल गरेको व्यक्तिले सातामा एक घण्टी विद्यार्थीलाई पढाउन सक्नेछ गाउँपालिका अध्यक्ष पुनले बताउँदै ‘बिज्ञ व्यक्तिलाई पाहुना शिक्षकका रुपमा बिद्यालयमा पठाउँछौं ।’ दशैंअघि नै सबै विद्यालयमा पाहुना शिक्षक पुग्ने र सातामा एक दिन विद्यार्थीले किताव बाहेक बाहिरी क्षेत्रको बारेमा ज्ञान हासिल गर्न पाउने उनले बताएका थिए । ‘विद्यार्थीलाई समसामयिक देखि राजनीतिक, प्रशासनिक लगायतका कुराको ज्ञान दिनका लागि विद्यालयमा अभियान सञ्चालन हुनेछ, यस अभियानले विद्यार्थीलाई व्यवहारिक, नैतिकवान मात्रै होइन, सफलता प्राप्तिमा महत्वपूर्ण भूमिका खेल्ने छ’– गाउँपालिका अध्यक्ष पुनले बताएका थिए । उनले विद्यार्थीलाई सामाजिक, शैक्षिक, प्रशासनिक, आर्थिक, उत्प्रेरणात्मक, स्वास्थ्य, कृषि, रोजगार, निर्माण, खोज, विज्ञान, वन तथा वातावरण, विपत् व्यवस्थापन, नैतिक शिक्षा, न्यायिक प्रक्रिया लगायतका विषयमा विज्ञहरूबाट साप्ताहिक रूपमा कक्षा सञ्चालन हुने पनि बताईएको थियो । विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिले विद्यालयमा अधिकतम दुई घण्टीसम्म पढाउन पाउनेछन्, यसले विद्यार्थीलाई भोलि म के बन्ने ? डाक्टर बन्न के पढ्ने ?  सरकारी कर्मचारी बन्न के गर्ने ? प्रहरी बन्न के पढ्ने ? जस्ता विद्यार्थीका जिज्ञासा सम्बोधन हुन्छन्, विद्यार्थीलाई आगामी बाटो तय गर्न पनि सहज हुन्छ’– उनले बताएका थिए । शैक्षिक जागरण अभियानमा सहभागी हुन चाहने विज्ञहरूलाई आफुले लिन चाहेको क्षेत्रको प्रस्ताव पेश गर्नका लागि असोज ५ गतेसम्मको समय तोकिएको छ । कतिपय विज्ञले निःशुल्क कक्षा लिनेछन् भने शुल्क लिन चाहने विज्ञलाई गाउँपालिकाले न्यूनतम शुल्क व्यहोर्ने छ । बिज्ञ व्यक्तिको इच्छाका आधारमा सःशुल्क वा निःशुल्क कक्षा लिने व्यवस्था मिलाइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले पाठ्यक्रममा उल्लेख भएका विषय बस्तु बाहेक अरु समसामयिक विषयमा विद्यार्थीलाई साप्ताहिक रुपमा ज्ञान दिइने बताएका थिए । उनले पालिकामा प्राप्त भएका प्रस्तावनाका आधारमा विद्यालयसँगको आपसी समझदारीमा समय उपलब्ध गराउने बताउदै ‘विद्यार्थीलाई पढ्नुपर्छ भन्ने भावनाको विकास गराउन पनि यस अभियानले महत्वपूर्ण भूमिका खेल्नेछ’– भएकोले ‘विद्यार्थीमा सर्वाङ्गीण विकासका लागि नैतिक, व्यवहारिक ज्ञान सीपको आवश्यकता पर्ने भएकाले अभियानले महत्वपूर्ण भूमिका खेल्ने   गाउँपालिका अध्यक्ष पुनले बताएका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds