
दोर्ण के.सी.
तुलसीपुर १५ मंसिर
संस्थालाई सदाबहार दिगो व्यवस्थापनमा राख्नका लागि समितिको उल्लेखनिय योगदान रहनु पर्ने एक कार्यक्रमका बिच सहभागि वक्ताले जोड दिएकाछन् । उनीहरूले समिति एक आपसमा मजबुद भएमा मात्र संस्था सदाबहार अटल रहने शव्द व्यक्त गर्दै संस्थामा जो सुकै पदाधिकारी पनि निस्वार्थ भावना भएको, संस्थाको निती, नियम र विधानमा रही आम उपभोक्ताहरूको समस्यामा अग्रसर भुमिका निर्वाह गर्ने खालको हुनुपर्ने संस्थाका समिति तथा पार्षद् समितिलाई सुझाव दिएका थिए । अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था तुलसीपुर उपमहानगरपालिका वडा नं. ३, नमुनानगर दाङको विधान १७ (क) बमोजिम तुलसीपुर–३ राप्ती शिवपुरमा सम्पन्न संस्थाको पार्षद् भेलामा सहभागी उपभोक्ताहरूले संस्थाका समिति तथा पार्षद् समितिलाई सो सुझाव दिएका हुन् । संस्थाका सचिव दशरथ वलीको अध्यक्षतामा पार्षद् भेला

सम्पन्न भएको हो । भेलाले संस्थाको पार्षद् सदस्यहरूमा बिच शिवपुर र शिवपुर टोल विकास संस्थामा कविराम के.सी., शिवपुर टोल विकास संस्थामा रक्षा काफले, राप्ती तथा बिच शिवपुर टोल विकास संस्थामा दोर्ण बहादुर के.सीलाई निर्वाचित तथा मनोनित गरेको छ । भेलामा संस्थाका सदस्य लाल बहादुर वली, क्रान्तिकारी कम्युनिष्ट पार्टी तुलसीपुर –३ न.ंं वडाका वडा ईञ्चार्ज दोर्ण के.सी., नेपाली कांग्रेस तुलसीपुर –३ नं. वडाका इकाई सभापती झुपलाल वली, राप्ती शिवपुर, शिवपुर, विच शिवपुर टोल विकास संस्थाका ५० जना उपभोक्ताहरूको सहभागिता रहरेको थियो । त्यस्तै गरि अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था तुलसीपुर उपमहानगरपालिका वडा नं. ३, नमुनानगर दाङको विधान १७ (क) बमोजिम तुलसीपुर–३ दमारगाउँमा पनि संस्थाको पार्षद् भेला सम्पन्न भएको छ । भेलाले शान्ति टोल विकास संस्थाबाट चन्द्र बहादुर शाही, आदशटोल विकास संस्थाबाट रिम बहादुर बि.क, सम्झना टोल विकास संस्थाबाट कृष्ण बि.क, आदर्श टोल विकास संस्थाबाट टेक बहादुर बि.क लाई सर्बसहमत निर्वाचित तथा मनोनित गरेको छ ।

