अधिकार शुनिष्चितताका लागि सडकमै सुते शिक्षकहरु

Byदोर्ण के.सी.

८ आश्विन २०८०, सोमबार १२:३२ ८ आश्विन २०८०, सोमबार १२:३२ ८ आश्विन २०८०, सोमबार १२:३२

थर्कोट समाचारदाता
काठमाडौं,८ असोज । राहत तथा अनुदान शिक्षकहरुले सडक आन्दोलनलाई सोमबार पनि निरन्तरता दिदै आएका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म सडकमै सुतेर आन्दोलनलाई टेवा दिदै आएका हुन् । सरकार र शिक्षक महासंघबिच ६ बुँदे सहमती भए पनि त्यस सहमतीमा राहत शिक्षकहरुको माग संवोधन नगरेको भन्दै राहत शिक्षकहरुले प्रदर्शनलाई सडमै सुतेर निरन्तरता दिदै आएका हुन् । उनीहरुले ४० हजार राहत शिक्षक, बाल विकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु आफुहरुसँग आन्दोलनमा रहेको बताएका छन् । राहत शिक्षकहरुले शिक्षक महासंघले धोका दिएको भन्दै आफुहरुका माग पुरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds