सल्यान  जिप दुर्घटनामा दुईकाे मृत्यु  एक घाईते

Byदोर्ण के.सी.

८ आश्विन २०८०, सोमबार ०७:३५ ८ आश्विन २०८०, सोमबार ०७:३५ ८ आश्विन २०८०, सोमबार ०७:३५

दाङ,८ असोज । सल्यानमा तरकारी बोकेको जिप दुर्घटना ुाेमबार बिहान दुर्घटना भएकाेछ । जिप दुर्घटना हुँदा दुईजनाकाे मृत्यु भएकाे छ एकजना गम्भीर घाइते भएकाछन् । यसरी मृत्यु हुनेमा दुबै जना तुलसीपुरका रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार चालक तुलसीपुर उपमहानगरपालिका १८ बस्ने २५ वर्षीय भक्तबहादुर घर्ती र गाडी धनी ५० वर्षीय गणेश बुढाको घटना स्थलमै मृत्यु भएको बताएका हुन् । त्यस्तै घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका-२ निवासी ३५ वर्षीय नारायण योगी रहेकाछन् । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । मृतक दुबै जनाको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपर ल्याउने तयारी रहेको प्रहरीले जानकारी गराएको छ ।  साे जिप रोल्पाबाट तरकारी लिएर दाङतर्फ आउदै गरेको र राप्ती लोकमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका-३ चोरखोला नजिकै सेतापैरामा दुर्घटनामा परेको थियाे । सोमबार बिहान साढे ६ बजेतिर रा १ च १०२५ नम्बरको जीप साढे तीन सय मिटर तल खसेको थियो । दुर्घटनामा परेको जिप टुक्राटुक्रा परेको छ । अनियन्त्रित भएर जीप दुर्घटनामा परेको प्रहरीको प्रारम्भीक अनुसन्धानले पत्ता लगाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds