तुलसीपुर, ५ माघ । चिसोले दाङ सहित देशभरका अस्पतालहरुमा बिरामीको संख्या पनि बढ्दै गएको छ । आजभोली दिउँसो घाम लाग्ने भएपनि बिहान बेलुका लाग्ने हुस्सु र शीतलहरका कारण अत्यधिक चिसो हुने गरेको छ । विशेषगरी चिसोले जेष्ठनागरिक र बालबालिकाहरु बढि जोखिममा पर्ने गरेका छन् । चिसो बढेसँगै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा चिसोका कारणले हुने रोगका विरामीहरुको संख्या पनि बढिरहेको छ । अस्पताल आउने श्वासप्रश्वास सम्बन्धी समस्या भएका विरामीहरु नै सबै भन्दा धेरै रहेको अस्पतालले जनाएको हो । चिसो बढेसँगै अस्पतालमा रुघाँखोकी, निमोनिया, दम जन्य श्वासप्रश्वास सम्बन्धिका विरामी बढ्न थालेको अस्पतालको भनाइ छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल अधिकृत डाक्टर रिम बहादुर खड्काले चिसोको समयमा रुघाखोकी, भाइरल ज्वरो, जोर्नी दुख्ने, बाथ, दम लगायत श्वासप्रश्वास सम्बन्धि समस्या भएका विरामीहरु आउने गरेको बताउनुभयो । अस्पतालमा उपचारका लागि आउने जम्मा विरामीहरु मध्ये करिव आधा विरामी चिसोका कारणले हुने समस्या भएका विरामीहरु रहेको उहाँको भनाइ छ ।‘अस्पतालमा आउने एक सय जना विरामी मध्ये ५०÷६० जना श्वासप्रश्वास जन्य समस्या भएका विरामीहरु हुन्छन्’ उहाँले भन्नुभयो– ‘धेरै जसो दमका विरामी आउँछन् भने मौसमी रुघाखोकी, भाइरल ज्वरो लगायत समस्या भएका विरामी आइरहेका छन् ।’ उहाँका अनुसार चिसो मौसममा जोर्नी दुख्ने, बाथ, एलर्जी, पिनास, रुखाखोकी, निमोनिया जस्ता रोगहरुको जोखिम बढी हुने गर्दछ । ‘चिसो समयमा हावामा प्रदुषणको मात्रा बढी हुने भएकाले नाक र मुखको माध्यमबाट फोक्सोसम्म नै संक्रमण हुने सम्भावना हुन्छ’ उहाँले भन्नुभयो–‘चिसो मौसममा चिसो हावा तापक्रम न्यून हुन्छ भने चिसो हावामा भाइरस बढी सक्रिय हुन्छन्, त्यसैले गर्दापनि चिसो मौसममा बढी साबधानी अपनाउनुपर्ने हुन्छ ।’ सामान्य रुघाँखोकी मात्रै हुँदा धेरै आत्तिन नपर्ने तर धेरै गाह्रो भएका अस्पताल आएर उपचार गराउन आग्रह गर्नुभयो ।चिसोबाट बच्न घरायसी सजिलो उपाय नै प्रशस्त मात्रामा झोलिलो खानेकुरा रहेको डाक्टर खड्काको भनाइ छ । यस्तै न्यानो कपडा लगाउन, दिउँसोको घाममा बस्न, रातको समयमा घरबाहिर नबस्न, यात्रा नगर्न, आगो तथा हिटर ताप्ता खुल्ला ठाउँमा बसेर मात्रै ताप्न उहाँले आग्रह गर्नुभयो । स्वास्थ्यको ख्याल गरेर हावा प्रवाह हुने खुल्ला ठाउँमा बसेर मात्रै आगो ताप्नु पर्ने उहाँले बताउनुभयो । चिसोको समयमा फलफुलहरु खानुहुँदैन भन्ने नागरिकहरुको मानसिकतालाई पनि परिवर्तन गर्नु पर्ने उहाँको भनाइ छ । मौसमी फलफूलमा मानिसहरुको शरीरमा चाहिने आवश्यक पौष्टिक तत्वहरु पाइने हुनाले दिउँसोको समयमा फलफूल खानु पर्ने डाक्टर खड्काको भनाइ छ । उहाँका अनुसार चिसोलाई सामान्य रुपमा लिएर हेल्चेक्राइ गर्दा स्वास्थ्यमा जटिल समस्या देखिन सक्छ । गर्मी महिनामा भन्दा जाडो महिनामा कडा खालका स्वास्थ्य समस्या देखिने भएकाले विशेष साबधानी अपनाउनुपर्ने उहाँकोे भनाई छ । यो मौसममा विशेषगरी रुघाँखोकी र श्वासप्रश्वासमा संक्रमण हुन सक्ने भएकाले सतर्क रहनुपर्ने डा. खड्काको सुझाव छ ।
अत्यधिक चिसोका कारणले अस्पतालहरुमा बिरामीको संख्या बढ्दो
Byदोर्ण के.सी.
५ माघ २०८०, शुक्रबार १३:४९ ५ माघ २०८०, शुक्रबार १३:४९ ५ माघ २०८०, शुक्रबार १३:४९
By दोर्ण के.सी.
सम्बन्धित पोस्टहरू
सगरमाथा स्कुलको सिकाइ विद्यालयबाट घरसम्म ।
२८ चैत्र २०८२, शनिबार ०९:१३ २८ चैत्र २०८२, शनिबार ०९:१३ २८ चैत्र २०८२, शनिबार ०९:१३
दोर्ण के.सी.
हिमाल एकाडेमी दाङको २२औँ अभिभावक दिवस भव्य सुरु
३० माघ २०८२, बिहीबार ०७:०० ३० माघ २०८२, बिहीबार ०७:०० ३० माघ २०८२, बिहीबार ०७:००
दोर्ण के.सी.
अन्तर - संवाद
अर्थ जगत
कला र संस्कृति
कुराकानी
तुलसीपुर उपमहानगरपालिका
दृष्टिकोण
बिचित्रकाे संसार
मनाेरञ्जन
राजनीति
राष्ट्रिय
लुम्बिनी प्रदेश
शिक्षा
समाचार
स्थानीय समाचार
स्वास्थ
शिवालय मन्दिर व्यवस्थापन समिति तुलसीपुरमा श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ धनधान्यचल पितृमाेक्ष तथा शालग्राम पुजार्चना-२०८२ सञ्चालन
२८ माघ २०८२, मंगलवार ०२:३१ २८ माघ २०८२, मंगलवार ०२:३१ २८ माघ २०८२, मंगलवार ०२:३१
दोर्ण के.सी.
