



दाेर्ण केसी
तुलसीपुर 2 भदौ
२(ङ) अटाे व्यवसायी समितिका सम्पूर्ण अटाे व्यवसायीहरु आ-आफ्नाे हक अधिकार सुनिश्चितताका लागि एकजुट भएर लाग्नुपर्ने एक कार्यक्रमका बिच सहभागी वक्ताले जाेड दिएकाछन् । २(ङ) अटाे व्यवसायी समितिकाे शनिवार तुलसीपुर -३ डाँडाखुट्टीमा सम्पन्न बैठकमा सहभागी वक्ताले साे कुरामा जाेड दिएका हुन् । जेष्ठ नागरिक बालाराम पुनकाे अध्यक्षतामा सम्पन्न साे बैठकले सुरज बिककाे अध्यक्षमा १३ सदस्यीय २(ङ) अटाे व्यवसायी समिति निर्माण गरिएकाे छ ।

जसकाे उपाध्यक्षमा बिष्णुप्रसाद भट्टराई, सचिवमा सन्ताेष डाँगी, काेषाध्यक्षमा नारायण प्रसाद गाैतम, सह-सचिवमा परसुराम सुनार रहेकाछन् । त्यस्तै समितिको सदस्यीयहरुमा हुमलाल कँडेल, सालिकरामपुन, संजाेग घर्ती, बालाराम पुन, उमेस बुढा, खडक नेपाली, सुरज सार्की, सुमन बिक लगायतका रहेकाछन् । त्यस्तै समितिले प्रेस सल्लाहकारमा थर्काेट त्रैमासिकका प्रकाशक तथा Tharkot.com.np का अध्यक्ष दाेर्ण बहादुर केसीलाई चयन गरेकाेछ ।

साथै समितिले अन्य सल्लाहकारहरुमा बिष्णुप्रसाद पाण्डे, झुपलाल वली, पाेषण लामिछाने, रञ्जित केसी र आकाश बिकलाई चयन गरेकाेछ । बैठकले २(ङ) अटाे व्यवसायी समितिले शनिबारदेखि नै आ- आफ्नो सवारी साधनमा ४ जना सवारी राखेर व्यवसाय सञ्चालन गर्ने निर्णय गरेकाेछ । यदि कुनै अटाे व्यवसायीले समितिकाे नीति नियमलाई उनलन्घन गरि चारजना सवारी भन्दा धेरै सवारी राखेर सञ्चालन गरेमा समितिले गरेकाे निर्णय बिपरित सवारी साधन सञ्चालन गरेमा समितिकाे निर्णयानुसार कार्वाही गरिने बैठकले निर्णय गरेकाेछ ।

