थर्कोट समाचारदाता
काठमाण्डौं, ३ भदौ । आज दिउँसो देशभर बदली भएर सबै प्रदेशका केही ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । मनसुनी प्रणालीको प्रभावका कारण अहिले पनि देशका सबैजसो ठाउँमा आंशिकदेखि पूर्ण बदली रहेको र दिउँसो पनि धेरैजसो ठाउँमा मौसम नखुल्ने भएको हो । दिउँसो मधेश प्रदेशमा तुलनात्मक रुपमा पानी कम पर्ने र बाँकी प्रदेशका धेरैजसो ठाउँमा वर्षा हुने महाशाखाले जनाएको छ । यस्तै राति भने गण्डकी, कर्णाली, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही ठाउँमा अति ठूलो वर्षा र धेरै ठाउँमा सामान्य वर्षाको सम्भावना रहने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds