दोर्ण के.सी.
तुलसीपुर २१ फागुन ।
दाङमा ठिक समयमा वर्षा भएपछि किसानहरू सार्है खुसी भएकाछन् । माँैसम पूर्वानुमान महाशाखाका अनुसार पञ्चिमी न्यूनचापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा दुई दिनसम्म सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा तथा बाग्मती प्रदेशको पहाडी भेगका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावनासँगै पानी दाङ सम्पूर्ण ठाउँहरूमा पनि परेको थियो । यसरी दाङ लगायत देशभर फागुन २० र २१ गतेदेखि लगातार दुई दिनसम्म पञ्चिमी न्यूनचापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै परेको वर्षाले हिउँदे बालीलाई राहत भएको भन्दै दाङका किसानहरू खुसी भएका हुन् । दाङमा लगाईएका गौँ, चना, मसुरो लगायतका विभिन्न बालीहरूले भनेको समयमा पानी पाएका थिएन्न् । यसरी बालीले भनेको समयमा पानी नपाउँदा बालीहरू नष्ट हुन थालेपछि किसानहरू सार्है चिन्तामा पर्दै पानीलाई पुकारी रहेको थिए ।

यसरी शनिबार र आइतबार दुई दिनदेखि छिटफुट रुपमा पानी परेपनी सोमबार बिहान भएको भारी वर्षाले हिउँदे बालीलाई राहत पुगेपछि दाङ लगायत देशभरका किसानहरु खुसी भएका हुन् । दाङ तराईका जिल्लाहरूमा सिंचाईको व्यवस्था भएपनि भनेको समयमा पानी नपाउँदा बाली सुकेर नष्ट हुँदा किसानहरू आकासे पानीको भरमा परेका थिए । फागुन महिनाको अन्त्यसम्म हिउँदे वर्षा नहुँदा चिन्तित भएका किसानहरू फागुन १९ गतेबाट परेको वर्षासँगै २१ गते सोमबार बिहानी पखको वर्षाले बालीलाई ठुलो राहत पु¥याएको भन्दै तुलसीपुर उपमहानगरपालिका वडा नं.–३ लगायतका सम्पूर्ण ठाउँका किसानहरू खुसीले रमाउँदै Tharkot.com.np अनलाईनलाई बताएका थिए । उनीहरू भन्छन् – हामीहरूले सिंचाई कुलोबाट भनेको समयमा पानी पाउन सकेका थिएनौँ । भनेको समयमा पानी नपाएपछि लगाएका बालीहरू बिस्तारै सुक्दै जान थालेका थिए । तर हामीहरूले चाहेको समयमा सोचे अनुसारको पानी आएपछि लगाएका बालीहरूमा ठुलो राहत भएको बताएकाछन् । उनीहरू भन्छन् पहिला त फाटफुट पानी आएको थियो । अब यतिकैमा पानी आउँदैन केहो भनेका थियौँ । तर सोमबार बिहानको वर्षातले गर्दा ठुलो राहत भएको बताएका थिए । यस वर्ष हिउँदे वर्षा हुन नसके पनि फागुनको अन्तिमतिर भएपनि वर्षा भएको र यो वर्षाले हिउँदे बाली, पछि छरेका तोरी, तरकारीलाई राहत पुगेको कृषि ज्ञान केन्द्र दाङका सुचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले मौँसम फिल्ड कार्यालय दाङलाई उदृत गर्दै दाङमा फागुन २१ गते सोमबार बिहान १३ दशमलव ५ मिलिमिटर वर्षा भएको जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds