सिद्धार्थ ग्रुपले ५ करोडको लगानीमा संचालनमा गर्यो “तुलसीपुर ज्वैलर्स”

Byदोर्ण के.सी.

६ आश्विन २०८२, सोमबार १४:११ ६ आश्विन २०८२, सोमबार १४:११ ६ आश्विन २०८२, सोमबार १४:११

थर्कोट समाचारदाता
तुलसीपुर, ६ असोज ।
५ करोड लगानीमा तुलसीपुर ज्वैलर्स सञ्चालनमा आएको छ । सिद्धार्थ ग्रुपको ३० प्रतिशत र नेपाल नबिल बैकको ७० प्रतिशत लगानीमा “तुलसीपुर ज्वैलर्स” संचालनमा आएको हो । “तुलसीपुर ज्वैलर्स”को तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनील केसीले एक कार्यक्रमका बिच उदघाटनु गर्नुभएको हो । हार्डवेर र मार्बलपछि सिद्धार्थ गु्रपले सुनमा लगानी गरेको हो । समय परिवर्तन संगै मानिसहरु सुन प्रति आकर्षित हुँर्दै गइरहेको र यसमा नगद कारोबार हुने भएकाले पनि यसतर्फ लगानी गरेको संचालक रामबहादुर खडकाले जानकारी दिनुभएको थियो ।

संचालक रामबहादुर खडकाले भन्नु भयो हार्डवेयर र मार्बलमा अलि उधारो धेरै जाने गरेको छ तर सुनमा उधारो हुने कुरा भएन । बिक्री भए नगदमा हुन्छ नभए पनि नगद जस्तै स्टक हुन्छ । फस्ने सम्भावना एकदमै कम हुन्छ । पछिल्लो समय मानिसहरू जति महँगो भएपनि सुनमा आकर्षित हुँदै गइरहेका छन् । त्यसैले ग्रुपमा सल्लाह गरेर लगानी गर्ने निर्णयमा पुग्यौं भन्नुभएको थियो । हाम्रो पसलमा अहिले १० जनाले रोजगारी पाएका छन् ।संचालक रामबहादुर खडकाले “तुलसीपुर ज्वैलर्स”मा भारतीय कालिगड भएकाले ग्राहकले भने अनुसारको नयाँ सुन र चाँदीका गरगहना बनाउन सकिने बताउनुभएको छ ।

४० लाखको सुन परीक्षण मेसिन
तुलसीपुर ज्वैलर्समा ४० लाखको सुन परीक्षण मेसिन समेत जडान गरिएको छ । कुनै पनि ग्राहकहरुलाई सुनको गरगहना किन्दा गुणस्तर तथा सुद्धतामा कुनै समस्या नआओस् भन्ने उद्देश्यले सुन परीक्षण मेसिन राखिएको प्रालिले बताएको छ । अर्डर अनुसार निर्माण गरिएका गरगहनाको परीक्षण गरेर ग्राहकलाई दिने पसल लुम्बिनी प्रदेशमा सम्भवतः तुलसीपुर ज्वैलर्स मात्र रहेको सञ्चालक खम्बु वलीले बताउनुभएको थियो । आधिकांश सुन पसलबाट ग्राहकले विश्वासको आधारमा गहना किनेर लिने गरेका छन् । तर यो पसलमा वास्तविक सुन होकी होइन भनेर परीक्षण गरेर मात्र ग्राहकलाई दिने गरिएको छ । व्यापार संगै ग्राहकलाई पुर्ण विश्वसनियता दिलाउने कुरा आफ्नो पहिलो प्राथामिकता भएको सञ्चालक वलीले बताउनुभएको हो । ज्वैलर्स सञ्चालनका लागि ग्रुपका शेयर सदस्य तुलाराम वलीलाई जिम्मेवारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds